Connect with us
Kapilvast Forest

नेपाली श्रमिक अब मलेसिया जान पाउने

२०७८, ७ आश्विन बिहीबारमा प्रकाशित

काठमाडौं– कोरोना महामारीको कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारी नेपाली श्रमिकका लागि खुलेको छ ।

मलेसियाले कोरोना महामारीको कारण लगाएको प्रतिबन्ध हटाउँदै नेपाली श्रमिकले लिने काठमाण्डौमा रहेको मलेसियन दूतावासले जनाएको छ । लामो समयदेखि कोरोनाको कारण विदेशी श्रमिकको यात्रामा प्रतिबन्ध लगाएको मलेसियाले श्रमिकको अभाव भएको भन्दै केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीति लिएपछि नेपाली श्रमिक पनि रोजगारीका लागि मलेसिया जान पाउने भएका हुन् ।

कोरोना सङ्क्रमण फैलन नदिन मलेसिया प्रवेशका लागि विभिन्न प्रावधान भने लागू हुनेछ । मलेसिया जाने श्रमिकले पहिले नै त्यहाँको अध्यागमनबाट अनुमति लिनुपर्छ ।

मलेसिया जाने श्रमिकसँग मलेसियाको वैधानिक भिसा, विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको खोपको दुवै मात्रा लगाएको हुनुपर्ने छ । यस्तै कोरोनाको परीक्षणको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्छ ।

मलेसिया पुगेपछि पनि त्यहाँको स्वास्थ्यका मापदण्ड पालना गर्दै क्वरेण्टीनमा बस्न पर्नेछ ।

भिसा लगायत मलेसिया जाने प्रक्रिया बारेमा बुझ्नका काठमाण्डौमा रहेको मलेसियन दूतावासको इमेल kathmandu@imi.gov.my मा इमेल गर्न सकिन्छ । यसका साथै ०१ ५४४५६८९ मा फोन समेत गर्न सकिने दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu