शिवराजका १०वटा वडामा कांग्रेस अधिवेसन सम्पन्न ,वडा नम्बर चारमा चुनाव जारी
कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिकामा नेपाली कांग्रेसको वडा अधिवेसन सम्पन्न भएको छ । ११ वटा वडा रहेको शिवराजमा नेपाली कांग्रेसको १४औं महाधिवेशन वडा अधिवेसन सम्पन्न भएको हो ।
वडा अधिवेसन बाट सभापतिमा व्रmमश वडा नं १ शिवपुरमा फानेश्वर न्यौपाने वडा नं २ हल्लानगरमा प्रकास न्यौपाने, वडा नं ३ मा गंगाधर भट्राई वडा नं ५ मा रामकृष्ण शर्मा वडा नं ६ मा राम मिलन चौधरी ७ मा महोम्मद हसन मुसलमान ८ मा उमेश पासी ९ मा हरि श्रेष्ठ १० मा सवविर पठान र ११ मा राज कुमार चौधरी सर्वसहमत रुपमा निर्विरोध चयन भएका छन् ।
यो समाचार तयार पार्दा सम्म वडा नंम्वर ४ मा भने चुनाव भइरहेको नगर सभापति मधुसुदन पोखरेले जानकारीदिनु भएको भयो ।