Connect with us
Kapilvast Forest

अखिल छैठौंको शिवराज नगर समिति गठन

२०७६, १४ भाद्र शनिबारमा प्रकाशित

राम अवतार चौधरी कपिलवस्तु÷ १४ भाद्र ।

अखिल  (छैठौं) प्रथम नगर स्तरिय भेला शनिबार सम्पन्न भएको छ । जिल्लाको शिवराज नगरपालिका–५, चन्द्रौटा स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा भेला सम्पन्न भएको हो । उक्त भेलाले ९ पूर्ण, २ वैकल्पिक र ४ जना सल्लाहकार गरी १५ सदस्य अखिल छैठौं शिवराज नगर समिति गठन गरेको छ ।

जसको अध्यक्षमा सञ्जीला बुढा मगर उपाध्यक्षमा पुष्पा वि.क, सचिवमा टिना अदै, सहसचिवमा नवीन बुढा कोषाध्यक्षमा भारती भण्डारी, सदस्यहरुमा सुस्मिता वि.क, राजेश लोहार, अशोक थारु, राजन सुनार, सुनाम सुनार र राहुल वि.क रहेका छन् । त्यसैगरी प्रकाश बराल, अस्मिता खनाल, माधवी खड्का र लक्ष्मी वि.क लगायत सल्लाहकारमा रहेको शिवराज नगर समितिले जनाएको छ ।

यसैबीच नगर स्तरिय भेलालाई सम्बोधन गर्दै प्रमुख अथिति रिसव आचार्यले विद्यार्थी जीवनमा विद्या आर्जन गर्ने समय भएको हुँदा कोर्सको किताब मात्रै पढेर नहुने भन्दै बाहिरी ज्ञान र व्यावहारिक ज्ञान सिक्नु पर्ने जरुरी रहेको बताउँदै ती सबै ज्ञान आर्जन गर्नको लागि संगठनमा आबद्ध रहन आग्रह समेत आचार्यले गरे ।

नगरस्तरिय भेला कार्यक्रममा किसान संघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल ,अखिल नेपाल ट्रेड युनियन महांघका केन्द्रीय सदस्य करसिङ अदै, नेकपा मसाल जिल्ला प्रवक्त छबिलाल गैरे, रा.ज.मो जिल्ला कोष अध्यक्ष चेतनारायण खनाल लगायतका अधिकांश वक्ताहरुले वर्तमान शिक्षा प्रणाली व्यावहारिक शिक्षा न भएर ब्रुजुवा शिक्षा भएको आरोप लगाउँदैे शिक्षालाई श्रम, सिप, कृषि र उद्योगसँग जोडेर लैजानु पर्ने बताउँदै जनवादी शिक्षाको लागि विद्यार्थीहरू एकजुट भई लाग्नु पर्नेमा जोड दिएका थिए ।

उक्त कार्यक्रम प्रकाश बरालको अध्यक्षता, प्रदेश नं. ५ का सदस्य तथा जिल्ला अध्यक्ष रिसव आचार्यको प्रमुख आतिथ्यिता, शिव पौडेल, छविलाल गैरे, चेत नारायण खनाल, झक बहादुर वि.क र बेगम बुढा लगायतको आतिथ्यिता एव्म सञ्जिला बुढा मगरको स्वागत मन्तब्य र टिना अदैको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको अखिल नेपाल टेड्र युनियन महासंघका केन्द्रिय सदस्य केरसिङ अदैले जानकरी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj