Connect with us
Kapilvast Forest

काग्रेस शिवराज चुनाव हुने पक्का, को बलियो ?

२०७८, १२ आश्विन मंगलवारमा प्रकाशित

कपिलवस्तु –नेपाली काँग्रेस शिवराजको नगर सभापतिको पदको लागि लागि भोलि हुने निर्वाचनमा तिन जना प्रतिस्पधाको मैदानमा होमिने पक्का भएको छ । काग्रेस नगरसमिति निर्विरोध बनाउने भन्दै ७ सदस्य कार्यदल गठन गरे पनि निर्वाचनको अघिल्लो दिन सम्म पनि सहमति जुट्न नसकेपछि भोली निर्वाचन हुने पक्का भएको हो ।

नेपाली कांग्रेस शिवराज नगर सभापतिको पदमा अहिले कार्यवाहक सभापति मधु पोख्रेल , नेविसंघका जिल्ला सचिव राजु खराल र मेघराज रेग्मि उम्मेदवार बन्ने भए पछि कडा प्रतिशप्रधा हुने भएको छ । सहमति जुट्न नसकेपछि तिनै जना प्रतिस्पर्धीहरु प्रचार प्रसारमा जुटेका छन् ।चुनावि प्रतिशप्रधामा उत्रेका तिनैै उम्मेदवारले सभापतिमा आ–आफ्नो जितको दावि गरेका छन ।

नगर सभापतिमा पुन एक पटक दोहोरीका पोख्रेल आम मतदाता तथा युवाहरु विच लोकप्रिय युवा नेता मानिन्छन् । नगरपालिका क्षेत्रका सवै वडामा आफु सक्रिय भई लागेका पोख्रेलले आफु नेता तथा समर्थक कार्यकर्ताको आग्रहमै अझै एक कार्यकाल सभापति दोहोरीएको र जित निश्चित भएको दावि गर्नु भयो ।

त्यस्तै नगर सभापतिका अर्का प्रतिशप्रधि राजु खरालले पनि आफनो जितको दावि गर्नु भएको छ । खरालका समर्थकहरु पेख्रेलको विकल्प खोज्ने पक्ष्मारहेको पाइन्छ। शिवराजमा प्रभावशाली युवा नेताहरूले खरालको पक्षमा युवा जमातको समर्थन रहेको छ ।

भोलिहुने शिवराज नगर सभापतिको आ–आफ्नो दाबी दोहो¥याएका छन्। यता मेघराज रेग्मीले पनि आफ्नो दाबी हुने बताएका छन । काग्रेस स्रोतका अनुसार रेग्मीले अन्तिम अवस्थामा आफ्नो उम्मेदवारी फिर्ता लिएर पोखरेल र खराल मध्ये एक लाई समर्थन गर्ने सोहि उम्मेदवारी बलियो बन्न सक्ने बताइन्छ  । अहिले दुबै गुट आन्तरिक छलफलमा व्यस्त छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu