Connect with us
Kapilvast Forest

अनेरास्ववियुको विजयनगर गाउँपालिका भेला सम्पन्न, अध्यक्षमा पौडेल

२०७८, १३ आश्विन बुधबारमा प्रकाशित

 

कपिलवस्तु-अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) कपिलवस्तुको विजयनगर गाउँपालिकाको गाउँ कमिटीको प्रथम भेला तथा अधिवेशन सम्पन्न भएको छ । बुधवार गाउँपालिकाको सभा हल खडैचामा प्रथम भेला तथा अधिवेशन कार्यक्रम गरिएको आयोजकले जनाएको छ । उक्त भेलाले श्री कृष्ण पौडेलको अध्यक्षतामा ४१ जना सदस्यहित नयाँ कार्य समिटी चयन गरेको छ ।

जसको उपाध्यक्षमा कृष्ण पौडेल, सचिवमा रामु लोहार, सह–सचिवमा अस्मिता सापकोटा, वसीम हलवाई, कोषाध्यक्षमा अनिसा चौधरी लगायत ४१ जनासहितको सदस्य रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा अनेरास्ववियु कपिलवस्तुका अध्यक्ष बाबुराम अर्यालले अनेरास्ववियुले विद्यार्थीहरुको हकहितमा आवाज उठाउँदै आएको बताउँदै विद्यार्थीका हरेक हक अधिकारका लागि लाग्नुपर्ने बताउनुभयो । अनेरास्ववियुले देशको परिवर्तनमा अहम भुमिका खेलेको र देशको गौरवशाली संगठन, सबै भन्दा उत्कृष्ट, बलियो विद्यार्थी युनियन भएकोले विद्यार्थीका अधिकारका लागि गोलबद्ध हुन जरुरी रहेको उहाँले बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि तथा नेकपा एमाले जिल्ला सदस्य गोपाल बहादुर थापाले विद्यार्थीहरुलाई सक्रिय भएर संगठनमा लागी समाजिक कार्यक्रममा अग्रसर हुनपर्नेमा जोड दिनुभयो । विद्यार्थीहरुलाई समाजमा सम्मानित, ठुलो कर्मचारी, नेताको रुपामा हेर्न चाहेको उहाँले बताउनुभयो । विद्यार्थीहरुले राष्ट्र र अन्तराष्ट्रिय कुरामा जानकार हुनुपर्ने थापाले बताउनुभयो । यसका लागि विद्यार्थीहरुले अध्ययनलाई गहन रुपामा हुर्नेपर्नेमा उहाँले जोड दिनुभयो ।

यस्तै नेकपा एमाले जिल्ला सदस्य लक्ष्मी कुमारी चौधरीले विद्यार्थीले अनुशासित र लगनशील हुनुपर्ने बताउनुभयो । अध्ययनमा लगन भएका विद्यार्थीले समाज परिवर्तनमा महत्वपुर्ण भूमिका रहने भएकोले संगठनमा लाग्नुपर्ने आवश्यक रहेको बताउनुभयो ।

व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रलले आजका विद्यार्थी नै भोलिका युवा नेता भएको बताउँदै संगठन विना देशमा विकास असम्भव हुने बताउनुभयो । संगठन विना हामीले अगाडी बढ्न नसक्ने भएकोले संगठन आवश्यक रहेको र त्यसमा पनि नेकपा एमालेको संगठन विना देशमा परिवर्तन हुन नसक्ने कुरामा जिकिर गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले विजयनगर गाउँकमिटी इन्चार्ज कृष्ण भण्डारी, गाउँकमिटी अध्यक्ष थर्क बहादुर खन्गाहा, अनेरास्ववियस सह–संयोजक दयाराम खनाल, अनेरास्ववियु केन्द्रिय सदस्य, अजय चौधरी, रतन वि।क।, अंकित खनाल लगायतले मन्तव्य राख्नु भएको थियो ।

अनेरास्ववियु कपिलवस्तुका सचिवालय सदस्य घनश्याम भरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अनेरास्ववियुका केन्द्रिय सदस्य मदन सापकोटाले गर्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu