Connect with us
Kapilvast Forest

‘जबज’ अहिले पनि सान्दर्भिक छ : बादल

२०७८, १४ आश्विन बिहीबारमा प्रकाशित

काठमाडौं-नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा (बादल) ले जबज अहिले पनि सान्दर्भिक भएको बताउनुभएको छ । आज बिहीवार नेकपा एमाले विधान महाधिवेशन मूल समारोह समितिले गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै स्थायी कमिटी सदस्य बादलले जनताकाे बहुदलीय जनवाद (जबज) जनवादी कार्यक्रम भएकाले अहिले पनि सान्दर्भिक भएको बताउनुभएको हो ।

उहाँले जबजमा रहेका समाजवादमा सङ्क्रमण गर्ने कार्यक्रमहरू लागू हुनुपर्ने बताउनुभयो । उहाँले महाधिवेशनले सिद्धान्तको निर्माण गर्ने बताउँदै देश र समाजको दीर्घकालीन सोच र परिवर्तन तथा नेपाल र नेपालीको भविष्यको विकास गर्ने बताउनुभयो ।

स्थायी कमिटी सदस्य थापाले महाधिवेशनमा राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशाेधन प्रतिवेदन पेस हुने बताउनुभयाे । उहाँले उत्पादक शक्ति र राष्ट्रिय पुँजीको विकास गर्ने कार्यक्रमहरू जबजमा रहेको बताउँदै जबजलाई अघि लिएर जानुपर्ने धारणा राख्नुभयाे ।

स्थायी कमिटी सदस्य थापाले प्रतिवेदनमा अबको समाजवादको निर्माण कुन विचारधारा, सिद्धान्तले गर्न सक्छ र सही सिद्धान्त, सही विचार, के हो भन्ने कुराको संश्लेषण गरिएको बताउनुभयो । उहाँले विगतमा जनवादी क्रान्तिको आन्दोलनको वैचारिक मार्गदर्शन जबजले गरेको बताउनुभयो ।

स्थायी कमिटी सदस्य थापाले समृद्ध नेपाल सुखी नेपालीको नारा समाजवादको आधार तयार गर्ने नीति अन्तर्गतकै भएको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu