Connect with us
Kapilvast Forest

आज ज्येष्ठ नागरिक दिवस

२०७८, १५ आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौँ- आज ज्येष्ठ नागरिक दिवस हो । देशभर यो दिवस मनाइरहँदा राज्यको तर्फबाट ज्येष्ठ नागरिकका लागि सेवा सुविधा वृद्धि हुँदै गए पनि सामाजिकस्तरमा भने उनीहरूप्रतिको सम्मानमा भने कमी हुँदै गएको पाइएको छ ।

अक्टोबर १ मा ३१औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइरहँदा नेपालमा पनि आज विविध कार्यक्रमसहित यो दिवस मनाइँदै छ । गत डेढ दशकदेखि नेपालमा ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो । सरकारले यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने तय गरिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार पछिल्लो केही वर्षदेखि ज्येष्ठ नागरिकका हक अधिकारमा उल्लेख्य प्रगति हुँदै गएको दाबी गरेको छ । यद्यपि ‘बूढो भयो सब रङ्ग गयो, आँगन भयो परदेशी’ भनेझैं समाजमा असम्मान बढिरहेको छ ।

ज्येष्ठ नागरिकसम्बन्धी अध्ययन र अनुसन्धान गर्दै आएको संस्था एजिङ नेपालका अनुसार पहिला एक महिनामा ज्येष्ठ नागरिकको बेवारिसे शव पाँचदेखि छवटा मात्र भेटिन्थ्यो अहिले सो सङ्ख्या बढेर २० देखि २५ पुगेको छ ।
एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतमले पछिल्लो समयमा ज्येष्ठ नागरिकप्रति गरिने दुव्र्यवहार तीव्र रूपमा बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिक समाजका मार्गदर्शक हुन्, उहाँहरूको सीप र ज्ञानलाई राज्यले उचित सदुपयोग गरी समाजमा ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाँच्च पाउने वातावरण बनाउने जिम्मेवारी घरपरिवार, समाज र सरकार सबैको हो ।”
ज्येष्ठ नागरिकमाथि आपसी विश्वासघात, शारीरिक वा मनोवैज्ञानिक क्षति, आफैँले आफैँलाई अविश्वास गर्नु, आर्थिक बेवास्ता, यौनजन्य दुव्र्यवहार, ज्येष्ठ नागरिकलाई बेवारिस पार्नु र अधिकारका लागि सडकमा उत्रन बाध्य हुनु प्रमुख समस्याका रूपमा देखाएको छ ।
सरकारको तर्फबाट २०५१ सालमा मासिक एक सय रुपियाँबाट सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता अहिले मासिक चार हजार रुपियाँ पु¥याइएको छ । त्यस्तै ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरी सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिकका लागि दुईवटा सिट आरक्षण गरिएको भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था छ ।

यद्यपि त्यसको कार्यान्वयन राम्रोसँग भएको छैन ।
सार्वजनिक स्थानमा ज्येष्ठ नागरिकले राजस्व तिर्दा मठमन्दिरमा लाइन बस्न नपर्ने व्यवस्था कार्यान्वयन हुँदै गएको र सरकारी अस्पतालमा ज्येष्ठ नागरिकको उपचार गर्दा औषधोपचारमा सहुलियत प्रदान गर्ने कार्य कार्यान्वयनमा आएको छ ।
मन्त्रालयका उपसचिव दिवस आचार्यले सरकारले ज्येष्ठ नागरिकमैत्री नीति निर्माण गरी कार्यान्वयन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “२११ वटा स्थानीय तहले आआफ्नो पालिकाभित्र ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण गरेका, स्थानीय तहले समयसमयमा विभिन्न धार्मिक स्थलको तीर्थाटन गराउने गरिएको, ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र स्थापना गरिएका छन् । ”
राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकका विभिन्न समस्यालाई क्रमिक रूपमा सरकारले सम्बोधन गर्दै गएको बताउनुभयो । यस वर्षदेखि महासङ्घको पहलमा ज्येष्ठ नागरिकलाई विद्युतीय प्रविधिको पहँुचमा विस्तार गर्नका लागि मोबाइलमा ज्येष्ठ नागरिकमैत्री छुट्टै एप निर्माण गर्ने प्रक्रिया अगाडि बढेको, लेखपढ गर्न नजान्ने ज्येष्ठ नागरिकलाई सुनेर जानकारी लिन सकिने व्यवस्था गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
ज्येष्ठ नागरिकसम्बन्धी कार्य गर्दै आएको अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुलीले ज्येष्ठ नागरिकका लागि अहिले सरकारले प्रदान गरेको सेवा सुविध अपुग भएकाले उक्त सेवा सुविधा वृद्धि गर्दै जानुपर्ने बताउनुभयो ।
बुढ्यौली जीवनलाई क्रियाशील र प्रभावकारी बनाउने जिम्मेवारी घरपरिवार, समाज र राष्ट्रको हो उहाँले भन्नुभयो, “अहिले छोरा–बुहारीले आफ्ना आमाबुबालाई पाल्न सक्ने अवस्था हुँदाहुँदै वृद्धाश्रममा राख्ने गरिएको छ, यस्तो कार्यको सरकारले अनुगमन गर्नुपर्छ । ”
ज्येष्ठ नागरिक मीठो खाने राम्रो लगाउने धन सम्पत्ति, कमाउनेभन्दा पनि माया, ममता, मिजास, सहानुभूति र सहयोग खोजीमा रहन्छन् राज्यले त्यस्तो वातावारण निर्माण गर्नसमेत उहाँले सुझाव दिनुभयो । अहिले नेपालको कुल जनसङ्ख्याको करिब नौ प्रतिशत ज्येष्ठ नागरिक रहेका छन् । हरेक वर्ष साढे तीन प्रतिशतका दरले ज्येष्ठ नागरिकको सङ्ख्या वृद्धि हँुँदै जाने एजिङ नेपालले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu