Connect with us
Kapilvast Forest

चीन र भारतसँग सार्थक वार्ता गरेर सीमा समस्या समाधान होस् भन्ने चाहन्छौँ : केपी ओली

२०७८, १५ आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल–भारतबीच देखिएका सीमालगायतका समस्या समाधान गर्न जिम्मेवारी कुटनीतिक पहल गर्नुपर्ने आवश्यक्ता औल्याउनुभएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्तामा नेपाली भूमि मिचिएको उल्लेख गर्दै त्यसलाई फिर्ता ल्याउन आफ्नो पार्टीले चाहेको पनि स्पष्ट पार्नुभयो । उहाँले छिमेकी देश भारत र चीनका जायज माग सम्बोधन गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो ।

आज शुक्रवारदेखि ललितपुरको गोदावरीमा रहेकाे सनराइज सम्मेलन केन्द्रमा सुरु भएको विधान राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै उहाँले कसैसँग पनि वैरभाव नराख्नु आफ्नो पार्टीको विदेश नीति भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी चीन र भारतसँग सार्थक वार्ता गरेर सीमा समस्या समाधान होस् भन्ने चाहन्छौँ । यसले त्रिदेशीय सहकार्यको सम्भावना पनि बढ्नेछ । नेपाल एक चीन नीतिमा अडिग छ । नेपाल–भारत सीमा वारपार अपराध नहोस् र आतङ्ककारीले लाभ उठाउन नपाउन् भन्ने कुरामा भारतको चासो देखिन्छ । भारतसँगको व्यापार घाटाका साथै लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ता क्षेत्रमा नेपाली भू–भाग फिर्ता र सीमाको व्यवस्था हुने अनावश्यक चासोजस्ता विषयमा नेपालको चासो र सरोकार रहेको छ । हामी हाम्रा छिमेकीको जायज चासोप्रति सजग छौँ । त्यस्तै सजगता र सम्मान हामी हाम्रा मित्रहरू/छिमेकीहरूबाट पनि चाहन्छौँ । दुई देशबीचको समस्याहरूलाई जिम्मेवारी कुटनीतिक पहलको माध्यमबाट समाधान गर्न हामी चाहन्छौँ । हाम्रो विदेश नीति सबैसँग मित्रतापूर्ण सम्बन्ध राख्नु र कसैसँग पनि वैरभाव नराख्नु हो ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu