पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्छु : ओली
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्ने बताउनु भएको छ ।
पार्टीको विधान महाधिवेशन आइतबार सम्बोधन गर्दै ओलीले भन्नु भयो , ‘बहुमतमा पुर्याएर यस्तो उस्तो कुनै मधुकैटवले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्याएर छोड्ने हो ।’उहाँले पार्टीका अगुवा र प्रिय साथीका रुपमा आफूमाथि देखाएको विश्वासमा एक इन्च पनि तलमाथि हुन नदिने बताउनु भयो ।