Connect with us
Kapilvast Forest

नेपालका लागि तीन अंक नै ठूलो : अल्मुताइरी

२०७८, १९ आश्विन मंगलवारमा प्रकाशित

एजेन्सी— साफ च्याम्पियनसिप २०२१ मा नेपालले सोमबार राति श्रीलंकामाथि ३–२ को सनसनीपूर्ण जित निकालेपछि प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो लागि अर्को जित र तीन अंक नै ठूलो भएको बताएका छन् । नेपालको लगातार दोस्रो जितपछि छ अंक भएको छ र पाँच टिम सम्मिलित प्रतियोगिताको शीर्ष स्थानमा रहेको छ ।

पोस्ट म्याच कन्फेरेन्समा अल्मुताइरीले भने, ‘वास्तवमै म निकै खुसी छु । नेपालले लगातार दोस्रो खेल जितेको छ र अधिकतम छ अंकमा छ अंक नै भएको छ । नेपालका लागि यस खेलमा पनि प्राप्त तीन अंक नै ठूलो हो । हामीले के कस्तो खेल्यौं, त्यसको विश्लेषण पछि गरौंला । साफ च्याम्पियनसिप जस्तो प्रतियोगितामा तीन अंक नै ठूलो हो ।’

 

 

प्रशिक्षक अल्मुल्ताइरीले थपे, ‘अब नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ । तर यस्तै हो भन्न सकिन्न । अब प्रतियोगिताको म्याच डे थ्रीमा भारत र श्रीलंका तथा माल्दिभ्स र बंगलादेश खेल्नेछन् । यो नतिजाले हामी कहाँ जाने छौं, त्यो धेरै अर्थमा प्रष्ट पार्नेछ । मलाई विश्वास छ, यो चरणमा पनि केही आश्चर्यजनक नतिजा आउने छन् ।’

 

 

तस्बिरहरू : एन्फा

नेपालको म्याच डे थ्रीमा खेल छैन । यस्तोमा खेलाडीले छ दिनको आराम पाउने छन् । नेपालले अब अक्टोबर १० मा भारतको सामना गर्नेछ । त्यही दिन माल्दिभ्सले श्रीलंकाविरुद्ध खेल्नेछ । पोस्ट म्याच कन्फ्रेन्समा खेलाडीको प्रतिनिधित्व गर्दै अञ्जन विष्टले टिमको अहिलेसम्मको यात्रामा खुसी व्यक्त गरे । अञ्जनले भने, ‘आजको जितमा हामी सबै खुसी छौं र विशेषत: मलाई विश्वास गरेकोमा प्रशिक्षकलाई धन्यवाद दिन चाहन्छुं ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu