Connect with us
Kapilvast Forest

महाधिवेशन पछि आन्दोलन गर्छौँः कमल थापा

२०७८, १९ आश्विन मंगलवारमा प्रकाशित

 

झापा-राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष कमल थापाले महाधिवेशन लगत्तै पार्टी आन्दोलनमा होमिने बताउनु भएको छ । पार्टीले बोकेको हिन्दु राष्ट्र लगायतका एजेण्डा स्थापित गराउन आन्दोलनमा होमिने उनको भनाइ थियो । मंगलबार झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा उनले नेपाली काङ्ग्रेस र कम्युनिस्ट पार्टीको असफलता, अदूरदर्शिता र अकर्मण्यताका कारण मुलुक संकटग्रस्त भएको दावी गर्दै भ्रष्टाचारले देशलाई थला पारेको टिप्पणी गर्नु भयो ।

 

धर्म परिवर्तन, वेरोजगारी समस्या समाधान नगरे मुलुक थप बर्बादितर्फ धकेलिने थापाको टिप्पणी थियो । केन्द्रमा पार्टी एकता पछि तल्लो तहसम्म एकताको सन्देश पुर्याउन नसकिएको भन्दै थापाले अब नयाँ उत्साह र उर्जा दिनको निमित्त सक्रियता र गतिशीलता जरुरी भएको बिचार ब्यक्त गर्नु भयो । पार्टी संचालनका क्रममा केही त्रुटि र कमजोरी भएको स्विकार्दै थापाले आगामी दिनमा विगतका कमजोरी नदोहोराउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

सो अवसरमा पार्टीका नेताहरु राजेन्द्र लिङ्देन, राम थापा लगायतको उपस्थिति रहेको थियो भने जिल्ला अध्यक्ष केशब ओझाले जिल्लाको सांगठनिक अबस्था बारे जानकारी गराउनु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu