Connect with us
Kapilvast Forest

बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक शुरु

२०७८, २१ आश्विन बिहीबारमा प्रकाशित

 

काठमाडौं-सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो १ बजेबाट सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक शुरु भएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

बैठकमा सरकार गठनका विषयमा छलफल हुने उहाँले बताउनुभयो । साथै, भागबण्डा अनुसार दलहरुले पाउने मन्त्रालयलाई पनि बैठकले अन्तिम रुप दिने बताइएको छ । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

यसअघि मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालय भागबण्डाबारे छलफल भएर मोटामोटी सहमति भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu