Connect with us
Kapilvast Forest

‘तीज महिला मुक्ति र स्वतन्त्र भावना मुखरित पर्व’

२०७६, १६ भाद्र सोमबारमा प्रकाशित

kp_oli_pm

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हरितालिका तीजलाई सकारात्मक साँस्कृतिक परम्पराको रुपमा लिनुपर्ने बताउनु भएको छ । प्रधानमन्त्री ओलीले हरितालिका तीजको अवसरमा शुभकामना दिँदै तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।

‘नेपालको सकारात्मक साँस्कृतिक परम्परामा महिला मुक्ति वा स्वतन्त्रताको भावना मुखरित गर्ने पर्वका रुपमा तीजको विशेष महत्व छ’ प्रधानमन्त्रीको शुभकामनामा भनिएको छ ‘आज नेपाली महिलालगायत समाजमा लामो समयसम्म आर्थिक–सामाजिक अवसरबाट वञ्चित सबैका लागि सारभूत समानताको प्रत्याभूति गर्दै जननिर्वाचित संविधानसभाबाट निर्माण गरिएको संविधानलाई कार्यान्वयन गर्दै पर्याप्त कानुन बनिसकेका छन् ।’

प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रमा राजनीतिक तथा नागरिक अधिकार प्रयोगको अवस्था विश्वमा नै गौरव गर्न लायक भएको उल्लेख गर्नुभएको छ। ‘राजनीतिक लगायत समाजका अन्य क्षेत्रमा नेपाली महिलाको सक्रियता उल्लेखनीय छ’ शुभकामनामा उल्लेख छ, ‘महिलाको प्रतिनिधित्व संसदमा ३३ प्रतिशत र स्थानीय तहमा करिब ४१ प्रतिशत पुगेको छ भन्ने तथ्यले प्रत्येक नेपालीलाई गौरवानुभूति हुने गरेको छ । नीति निर्माणको तहमा महिलाहरुको यस प्रकारको उपस्थितीले आउँदा दिनमा महिला र पुरुषबीचकाे सारभूत समानताकाे व्यवस्था अझ सुदृढ हुनेछ भन्ने विश्वास गर्न सकिन्छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu