Connect with us
Kapilvast Forest

कपिलवस्तुमा नदीमा डुबेर तीन महिला बेपत्ता

२०७६, १६ भाद्र सोमबारमा प्रकाशित

dubnu
कपिलवस्तु भदौ १६,
जिल्लाको शुद्धोधन गाउँपालिकास्थित सन्तघाट नदीमा डुबेर तीनजना बेपत्ता भएका छन्।  शुद्धोधन गाउँपालिका-६, बेलभरिया पूर्वको सन्तघाट नदीमा स्थानीय कमलेश कोहारकी श्रीमती २५ वर्षीया तारामती कहाँर, बेचनप्रसाद कहारका १५ वर्षीया छोरी तारा कहाँर र घनश्याम रैदासका ८ वर्षीया छोरी खुस्बु रैदास बेपत्ता भएका हुन्।
बाख्रा चराउन गएका तीनैजना नुहाउने क्रममा डुबेरे बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले बेपत्ताहरूको खोजीकार्य जारी राखिएको उनले बताए।
बेपत्ता भएका तीन जनासहित ५ जना भएर नुहाउन गएका स्थानीयले बताएका छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu