शेयर बेचेर बिहे गर्ने सपना अधुरो
झविन भण्डारी-नेपाल पुजिबजार क्षेत्रमा नया लगानिकर्ताको आगमन निकै उत्साहजनक थियो करिब ३ महिना अगाडि सम्म ।मौद्रिक नितिले शेयरकर्जा ४ करोड र १२ करोड को क्यापले धेरै लगानिकर्तालाइ मारमा पार्यो।
त्यो सगै सुस्ताएको पुजिबजार लाई कार्तिक महिनामा बैकले बढाएको ब्याजले झन दशै पछाडि को दुई दिन निकै मारमा पारेर ३२ सय पुगेको नेप्से अहिले २५ सय मा पुगिसकेको छ तर पनि नियमकारी निकाय चुपलागेर बसिरहेको छ।
यहि बेला नया प्रबेशी लगानिकर्ताहरुले शेयर बजार मा प्रबेश गरेर केही पैसा आर्जन गरि समयमा बिहे गर्ने तथा त्यहा बाट आर्जन गरेको रकम ले अन्य ब्यबसाय क्षेत्रमा समेत हात हाल्ने सोचेको सामाजिक सन्जाल मा देख्न सकिन्छ।तर यो बिचमा नियमकारी निकायको उदासिनताले गर्दा लगानिकर्ता लाइ निरास बनाएको विभिन्न शेयर ग्रुप मा देख्न सकिन्छ
त्यही बिचमा एउटा् ग्रुप मा एक जना लगानिकर्ताले शेयर बेचेर झ्यामझ्याम बिहे गरौला भनेको केटि भगाउने पैसा समेत नभएको भन्ने अत्यान्तै मार्मिक भाबले ओतपोत भएको स्टाटस हालेका छ्न।
यस्तै थुप्रै उदासी स्टाटस राखेर गर्भनर तथा अर्थ मन्त्री लाई सजक गराउने खाले सामाग्री दिदानु दिन पोष्ट भैराखेको पाइन्छ।। करिब २० अर्ब माथिको आर्थिक कारोबार हुने पुजिबजार बाट राज्यले अरबौ राजवस्व सङ्कलन गर्थ्यो भने अहिले कारोबार ३ अर्ब मा सिमित भएको छ यसले गर्दा राज्यलाइ अरबौ राजस्व घाटा भैराखेको छ।