Connect with us
Kapilvast Forest

वीरगञ्जमा गोली चल्यो

२०७६, १८ भाद्र बुधबारमा प्रकाशित

पर्सा । व्यापारीक शहर वीरगञ्जमा गोली चलेको छ । नियमित खानतलासीकने क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का सन्तोष यादवले पेस्तोल देखाएर भाग्ने खोजेपछि उनलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो ।

यादवले वडा प्रहरी कायालय श्रीपुरबाट खटिएको टोलीलाई पेस्तोल देखाएका हुन् । चेकजाँच गर्न लाग्दा पेस्ताल देखाएर भाग्न खोजेपछि उनलाई पक्राउ गर्न गोली चलाउनु परेको प्रहरी नायव उपरीक्षक गौतम थापाले जानकारी दिनुभएको छ । यादवको दायाँ खुट्टामा गोली लागेको छ ।

उनको प्रहरी निगरानीमा नारायणी अस्पतालमा उपचार भइरहेको छ । यादवको साथबाट एउटा पेस्तोल र १७ राउण्ड गोली समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu