Connect with us
Kapilvast Forest

जसपाले विजयनगरमा कार्तिक १३ गते पालिका स्तरीय भेला गर्ने

२०७८, ५ कार्तिक शुक्रबारमा प्रकाशित

कपिलवस्तु -जनता समाजवादी पार्टी कपिलवस्तुले विजयनगर गाउँपालिकाको बैठक शनिवार सम्पन्न गरेको छ । जनता समाजवादी पार्टीको नीति, सिद्धान्त र पार्टी संरचना लगायत महत्त्वपूर्ण विषयमा छ्लफल र निर्णय गरिएको जसपा विजयनगर गाउँपालिका अध्यक्ष सन्तराम तेलीले जानकारी दिनुभएको छ ।

जसपा बैठकले विभिन्न निर्णय गर्दै कार्तिक १३ गते गाउँपालिका स्तरीय भेला गर्ने निर्णयसमेत गरेको उहाँ बताउनु भयो ।

जसपाका गाउँपालिका अध्यक्ष सन्तराम तेलीको अध्यक्षता, केन्द्रीय सदस्य एवम प्रदेश अध्यक्ष अशोक कुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा प्रदेश सदस्य रहिश शाह, चन्द्रपाल चौधरी लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj