कपिलवस्तुको विजयनगरमा बेवारिसे शवको पहिचान खुल्यो
कपिलवस्तु -जिल्लाको विजयनगर गाउँपालिका भित्र बेवारिसे शवको पहिचान खुलेको छ । शिवराज नगरपालिका वडा न. ९ भगवानपुर बर्ष ३५ को गोरे भन्ने चन्द्र बहादुर थापा रहेको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक रण बहादुर बिष्टले जानकारी दिए ।
गाउँपालिकाको वडा न । ५ बनगाइको बाटो नजिकै रहेकोे खाल्डोमा मृत अवस्थामा फेलाका थिए ।
शव पोस्टमार्टमको लागि बुटवल पठाइएको बिष्टले बताए । विहिबार विहान साढे ६ बजे प्रहरीले थाहा पाएपछि घटना स्थलमा पुगेको थियो । सो घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।