एमाले कपिलवस्तुको ९२ वडामा अधिवेशन सम्पन्न ,बाँकि ४ वडामा आज हुने
कपिलवस्तु – नेकपा एमाले कपिलबस्तुले जिल्लाका ९६ वटा वडा मध्ये सनिवार ९२ वटा वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । एमाले प्रचार विभागका अनुसार बांकि ४ वटा वडा कपिलवस्तु नगरका २ वटा वडा यशोधराका १ वटा वडा र बुद्धभूमीका १ वटा वडामा प्रविधिक कारणले वडा अधिबेशन सम्पन्न हुन नसेको र आज (आइतवार ) नै वडा अबिधेशन हुने एमाले कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलको जानकारी दिनु भयो ।
कपिलवस्तुको शिवराज नगरपालिकाका एघार वटै वडामा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ ।सम्पन्न अधिवेनबाट नेकपा एमाले शिवराज नगर कमिटी वडा नम्बर एक को अध्यक्षमा ढुण्डिराज अधिकारी ,वडा नम्बर २ को अध्यक्षमा राम कृष्ण रेग्मी, वडा नम्वर ३को अध्यक्षमा हरीलाल भण्डारी , वडा ४ को अध्यक्षमा इसवर बहादुर खनाल वडा ५ को अध्यक्षमा कृष्ण कार्कि,वडा नम्बर ६को अध्यक्षमा रोहित यादव ,वडा नम्बर ७को अध्यक्षमा जगदेव धोवि ,वडा नम्वर ८को अध्यक्षमा आन्नत कुमार शुक्ला वडा नम्बर ९ कोअध्यक्षमा अशोक मल्ल ,वडा नम्वर १०को अध्यक्षमा कपिलदेव कुर्मि र वडा नम्बर ११को अध्यक्षमा इन्द्र प्रताप सेन चयन भएका छन ।
शिवराजका सबै वडामा सहमतिमा वडामा नेतृत्व चयन गरिएको एमाले शिवराजका अध्यक्ष जगत पौडेलले जानकारी दिनु भयो ।यो अधिबेशनमा शिवराज नगर बाट १३ सय ८८ संगठित सदस्यले भाग लिने बताईएको छ ।
त्यस्तै जिल्लाको विजयनगरमा ७ वटै वडाको अधिबेशन सम्पन्न भएको छ ।नेकपा एमाले विजयनगर वडा न। १ मा अध्यक्षमा यम बहादुर घर्ती , वडा न ।२ मा अध्यक्ष भुलन शाह, सचिव हरिलाल बस्याल गरि २१ सदस्यीय , वडा न । ३ मा अध्यक्ष कृष्ण प्रसाद सापकोटा, सचिव गोपाल कोइराला गरि २५ सदस्यीय वडा न । ४ मा अध्यक्ष टंक सुनार सचिव योग मणि अर्याल गरि २१ सदस्यीय वडा न।५ मा अध्यक्ष उमानाथ भट्टराई सचिव चित्र बहादुर बलाल गरि १७ सदस्यीय वडा न।
६ मा अध्यक्ष अग्नि प्रसाद सापकोटा सचिव अमृता खड्का गरि १७ सदस्यीय वडा न।७ मा अध्यक्ष मुजिबुर रहमान सचिव बबिता चौधरी गरि १७ सदस्यीय सर्ब सहमति चयन वडा अधिबेशन सम्पन्न गरिएको विजयनगर गाउँ कमिटीले जनाएको छ ।
उता बाणगंगा नगरपालिकाका ११ वटै वडामा वडा एमालेको अधिवेशन सम्पन्न भएका छन् । बाणगंगा नगर कमिटीका अध्यक्ष यूवराज पोख्रलले दिएको जानकारी अनुसार वडा नं १मा गंगा कुमारी भटराईको अध्यक्षतमा वडा कमिटी बनेकोछ । यस्तै वडा नं २को अध्यक्षमा नहकुल शाही ३ को अध्यक्षमा खगेन्द्र घिमिरे ४ को अध्यक्षमा देवि पाण्डे, ५ को अध्यक्षमा वावुराम अर्याल ,६ को अध्यक्षमा नमनारायण शर्मा न्यौपाने सर्ब सहमत रुपमा निर्वाचित हुनु भएको छ । वडा नं ८ को अध्यक्षमा गिता भुसाल , ९को अध्यक्षमा विन्द्र वहादुर गुरुङ ,१०को अध्यक्षमा शिवचरण चौधरी र वाणगंगा वडा नं ११ को वडा कमिटी अध्यक्षमा चेतनारायण ढकाल सर्ब सहमत रुपमा निर्वाचित हुनु भएको छ । बाणगंगाका वडा कमिटी प्राय विधान अनुसार पूर्ण क्षमतामा ३१ सदस्यीय गठन भएका छन् ।
त्यस्तै कपिलवस्तु नगरपालिकामा भएको वडा अधिबेशनवाट वडा नं १मा टिकाराम पोख्रेलको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी सर्बसहमत रुपमा गठन भएको छ । त्यस्तै वडा नं २ मा जाफर अलिको अध्यक्षतामा १३ सदस्यीय , वडा नं ४ मा युनुश मुसालमानको अध्यक्षतामा १५ सदस्यीय , वडा नं ६ मा यमलाल भुसालको अध्यक्षतामा १९ सदस्यीय एमाले वडा कमिटी सर्बसहमत रुपमा गठन भएका छन् । कपिलवस्तु नगरपालिकाको वडा नं ७ मा बृज विलास सिंहको अध्यक्षतमा २१ सदस्यीय वडा सकृयदल गठन भएको छ । वडा नं ९ मा रिसव पौडेलको अध्यक्षतामा २१ सदस्यीय , वडा नं १० मा कमल हमालको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन भएका छन् ।
यस्तै कपिलवस्तु नगरपालिकाकै वडा नं ११ मा अभिरुल्लाह फकिरको अध्यक्षतामा २१ सदस्यीय , वडा नं १२ मा राम बृक्ष कोहारको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन भएका छन् । कपिलवस्तु नगरपालिकाका विभिन्न वडाहरुमा एमालेका प्रदेश नेताहरु शान्तिदेवि चमार , खुम प्रसाद आचार्य ,आजाद अहमद दर्जी , शारदा शर्मा , जिल्ला उपाध्यक्ष वावुराम खनाल, जिल्ला सदस्य शरिता आचार्य , हिरालाल पौडेल , भेषराज पाण्डे राम मिलन थारु , किरण देवकोटा ,सुन्दर पाण्डे लगायतले वडा अबिधेशनको समुद्घाटन गर्नु भएको एमाले कपिलवस्तु नगर अध्यक्ष भेषराज पाण्डेले जानकारी दिनु भयो ।
यस्तै महराजगंज नगरपालिकाको वडा नं १ को अध्यक्षमा जगदिश तेली , २को अध्यक्षमा हेमन्त कुमार चौहान,३को अध्यक्षमा मोहम्मद अलि फकिर,४को अध्यक्षमा मकवुल प्रसाद चौधरी , ५ को अध्यक्षमा धर्म किशोर मौर्य, ६ को अध्यक्षमा शिवपुजन यादव ७ को अध्यक्षमा सलिम मुसलमान , ८ को अध्यक्षमा कृष्ण प्रसाद कोहार , ९ को अध्यक्षमा इलियास अहमद १०को अध्यक्षमा फरिद अहमद र ११ को अध्यक्षमा मनिराम गुप्ता निरविरोध निर्वाचित हुनु भएको छ ।
यस्तै कृष्णनगर , मायादेवि ,शुद्धोधन लगायतका सबै गाउपालिकामा अधिबेशनहरु सम्पन्न भएका छन् ।