प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिँदै
विराटनगर – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैहुनुन्छ ।नेकपा (एमाले) विभाजनको दोस्रो दिन गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्नु भएको थियो ।
प्रस्तावमाथि छलफल र मतविभाजनका लागि सभामुख प्रदीपकुमार भण्डारीले आज साढे १२ बजे नवौं तथा हिउँदे अधिवेशनको चौथो बैठक बोलाउनु भएको छ ।एमाले विभाजन भएका कारण अल्पमतमा रहेका आचार्यले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना छैन । ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।
सत्ता पक्ष एमालेसँग सभामुखसहित ४१ सांसद छन् । एमालेकी सांसद गुलेफुन खातुन भने फरार हुनुन्छ । सरकारी छाप किर्ते मुद्दामा दोषी ठहर भएकी उहाँ आजको प्रदेशसभा बैठकमा उपस्थित हुने सम्भावना कम छ ।
सरकरी छाप र हस्ताक्षर किर्ते गरेको मुद्दामा उच्च अदालत विराटनगरले सांसद खातुनलाई एक वर्ष कैद र १४ हजार ५८३ जरिमाना सजायको फैसला सुनाएपछि फरार रहनु भएकि उहाँ प्रहरीको खोजी सूचीमा रहनु भएको छ ।
प्रदेशसभामा विपक्षी गठबन्धनको पक्षमा ५० जना सांसद् छन् । एक सांसद रहेको राप्रपा भने कुनै पक्षमा खुलेको छैन ।विपक्षी गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने तयारी छ।
विश्वासको मतदानपछि गठबन्धनको तर्फबाट मुख्यमन्त्रीको रुपमा राजेन्द्र राईलाई अघि सार्ने नेकपा ९माओवादी केन्द्र० प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताउनु भयो ।आज बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत नपाए प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नु हुने छ ।
नेकपा एमाले प्रदेश १ प्रमुख सचेतक बुद्धिकुमार भण्डारीले मुख्यमन्त्रीले विश्वासको मत लिने बतांउनु भो
। बहुमत प्राप्त नगरे पनि मुख्यमन्त्रीले विश्वासको मत लिने उहाँको भनाइ छ ।
मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव असोज २५ गते संसद् सचिवालयमा दर्ता गराउनु भएको थियो । शुक्रबार बसेको बैठकमा उहाले सो प्रस्ताव टेबल गर्नु भएको थियो ।मुख्यमन्त्रीले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेपछि सभामुखले छलफल र मत विभाजनका लागि आजसम्म बैठक स्थगित गर्नु भएको थियो ।
९३ प्रदेशसभा सदस्य (हाल ९२ जना) रहेको प्रदेश १ मा दल विभाजन भएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा छ ।प्रदेशमा सत्तारुढ दल एमालेसँग सभामुखसहित ४१ जना सांसद छन् । विपक्षी गठबन्धनमा रहेको कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मन्चका एक जना सांसद छन् ।