Connect with us
Kapilvast Forest

मानव बेचबिखन तथा प्रभावितहरुका सहयोगका बिषयमा बुद्धुभुमी नगरपालिकामा सार्वजनिक सुनुवाई

२०७८, ७ कार्तिक आईतवारमा प्रकाशित

कपिलवस्तु-मानव बेचबिखन तथा प्रभावितहरुको सहयोगकालागि बार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम बुद्धुभुमी नगरपालिकाको बुढ्ढीमा संपन्न भएको छ । बुद्ध्भुमी नगरपालिकाद्धारा आयोजिक कार्यक्रममा मानव बेचबिखन तथा प्रभावितहरुको सवालका बिषयमा छलफल गरिएको थियो । सो अवसरमा मेयर केशव कुमार श्रेष्ठले नगरपालिकाले यो बिषयमा कार्यबिधि बनाइ कार्य अघि बढाएको बताउनु भयो ।

उहाँले लैगिंक हिंसा र मानव बेचबिखन संबेदनशील मुद्दा रहेको भन्दै यसको न्युनीकरणकालागि ब्यापक सचेतना कार्यक्रम संचालन गनुृ पर्नेमा जोड दिनु भयो । ‘ नगरपालिकाको एक्लो प्रयासले मात्र यसको न्यु्नीकरण हुन गाह्रो छ, त्यसले सबैले हातेमालो गर्न जरुरी छ ’ उहाँले भन्नु भयो ।

उहाँले प्रभावितहरु रहेको क्षेत्रमा गइ छलफल र कार्यक्रम गनुृ पर्ने बताउनु भयो । सो अवसरमा उप मेयर मीरा थारुले मानव बेचबिखन र लैगिंक हिंसा ठुलो समस्याकारुपमो रहेको भन्दै सबै मिलेर यसको समाधान खोज्नु पर्ने बताउनु भयो ।

उहाँले यसको न्युनीकरणकालागि सबैले साथ दिनु पर्ने बताउनु भयो । प्रमुख प्रशासकीय अधिकुत अनिल पौडेलले मानव बेचबिखनको न्युनीकरणकालागि पहिला नगरपालिको आप्रवासनको तथ्यांक लिनु पर्ने बताउनु भयो ।

उहाँले बिदालयका सामाजिक बिषयका शिक्षकलाई यो बिषयमा अभिमुखीकरण दिनु पर्ने बतानु भयो । बिनरक अन्र्गत हाम्रो परियोजनाका फिल्ड सांयेजक लालबावु कुशहवाले मानव बेचबिखन न्युनीकरणकालागि नगरपालिकाले नीति बनाई काम अघि बढायउनु पर्नेमा जोड दिनु भयो । उहाँले नीति कार्यक्रम सहीत तथ्यांक समेत संकलन गर्नु पर्ने बताउनु भयो ।

माइृती नेपालकी कार्यक्रम सांयेजक माया क्षेत्रीले सबैले मिलेर यो सवालको समाधान खोज्नु पर्ने बताउनु भयो । परियोजना अन्र्गत यो कार्यक्रम कपिलवस्तु, बुद्धभुमी र कृष्णनगर नगरपालिकामा संचालित रहेको उहाँले बताउनु भयो । उप मेयर मीरा थारुको अध्यक्षता, रबिन चौधरीको संचालनमा कार्यक्रम भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu