Connect with us
Kapilvast Forest

संविधान र गणतन्त्रको रक्षा गर्ने एमालेमात्रै, अरु सबै स्वार्थी : ओली

२०७८, ९ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र गणतन्त्रको रक्षा गर्ने पार्टी एमालेमात्रै रहेको बताउनु भएको छ । नेकपा एमालेको पालिकास्तरीय अधिवेशन उद्घाटन गर्दै ओलीले यस्तो दाबी गर्नु भएको छ ।

राष्ट्र निर्माणका बारेमा सोच्ने अरु कुनै पार्टीको छैन । एमालेको मात्रै छ । अरु पार्टी साना स्वार्थको भूमरीमा रुमलिइरहेका छन्,’ ओलीले भन्नु भयो , ‘हाम्रो पार्टी एक्लैले संविधानको रक्षा गर्ने, गणतन्त्रको रक्षा गर्ने, तीनको सही ढंगले कार्यान्वयन गर्ने, तीनलाई सफलतापूर्वक अघि बढाउने जिम्मेवारी लिएको छ ।’

उहाँले सुशासन र विकासको बाटोबाट समृद्धि हासिल गर्ने उद्देश्य एमालेले राखेको बताउनु भयो । ‘देशलाई सामाजिक न्याय, शान्ति सुव्यवस्था र मानवीय मूल्यको मर्यादा समेतका आवश्यकतालाई हासिल गरेर समृद्ध नेपाल, सुखी नेपाली निर्माण गर्ने उद्देश्यमा हाम्रो पार्टी लागिरहेको छ,’ उहाँले भन्नु भयो , ‘हाम्रो पार्टीमात्रै लागिरहेको छ ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu