एमाले महाराजगन्जको अध्यक्षमा निजामुदिन र कपिलवस्तु नगरको अध्यक्षमा प्रजापति
कपिलवस्तु-कपिलवस्तुको महाराजगन्ज नगर कमिटी नेकपा एमालेको अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनमा निजामुद्दीन डफालीको नेतृत्वमा ३८ सदस्यीय नगर कमिटी चयन गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा देवेन्द्र चौधरी, सचिव सन्तोष त्रिपाठी , सह सचिवमा सूर्यमन पासी र श्रवण चौधरी लगागतको नगर कमिटी सर्वसम्मत चयन गरिएको नेकपा एमाले महाराजगन्ज जनाएको छ ।
त्यस्तै कपिलवस्तु नगरपालिकाको प्रथम नगर अधिवेशनबाट श्याम प्रजाप्रतिको नेतृत्वमा ५१ सदस्यि नगर कमिटी चयन भएको निर्वतमान नगर अध्यक्ष भेषराज पाण्डेले जानकारी दिनु भयो । जसको उपाध्यक्षमा ओमिश मुसलवान सचिवमा सन्तोष श्रीवास्तव, उपसचिवमा अर्जुन चौधरी, रुपैया खातुन सर्वसम्मत चयन भएको अध्यक्ष मण्डलका अध्यक्ष आजाज अहमद दर्जीले जानकारी दिनु भयो ।