एमाले एमाले मायादेवीको अध्यक्षमा चौधरी र शुद्धोधनको अध्यक्षमा कुर्मी चयन
कपिलवस्तु- एमाले मायादेवी गाउँपालिकाको प्रथम गाउँ अधिवेशनबाट जगन्नाथ चौधरीको अध्यक्षमा नेतृत्वमा ५१ सदस्यि गाउँपालिका कमिटी चयन भएको छ । जसको उपाध्यक्षमा शंकर प्रसाद चौधरी सचिवमा विष्णु पाण्डे उपसचिवमा माधुरी अग्रहरी, सैरु निशा सर्वसम्मत चयन भएको अध्यक्ष मण्डलका अध्यक्ष द्रोणराज सुवेदीले जानकारी दिनु भयो ।
त्यस्तै एमाले शुद्धोधन गाउँपालिकाको प्रथम गाउँ अधिवेशनबाट अध्यक्षमा राम विलास कुर्मीको नेतृत्वमा ४७ सदस्यि गाउँपालिका कमिटी चयन भएको एमाले शुद्धोधनले जनाएको छ । जसको उपाध्यक्षमा निसार अहमद मुसलवान सचिवमा राधेश्याम यादव उपसचिवमा सरिता न्यौपाने, नुूरुहक शेष सर्वसम्मत चयन भएको छ ।