Connect with us
Kapilvast Forest

कांग्रेस महाभियोगको पक्षमा छैन’

२०७८, १० कार्तिक बुधबारमा प्रकाशित

 

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग लगाउने पक्षमा आफू र पार्टी नभएको बताएका छन्। पार्टीको १४औं महाधिवेशनका विषयमा मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित पदाधिकारी र निर्वाचन समितिको बैठकमा देउवाले यस्तो बताएका हुन्।

महाधिवेशन सम्बन्धी छलफल सकिएपछि उप–सभापति विमलेन्द्र निधिले प्रधान–न्यायाधीशका विषयमा उठेका प्रश्नमा दलहरूको मौनतामा चासो राखेका थिए। जवाफमा देउवाले प्रधानन्यायाधीश राणाले पदबाट राजीनामा नदिने बताएको जानकारी गराएका थिए। ‘प्रधानन्यायाधीशबाट राजीनामा दिन्नँ भन्ने कुरा आएको छ,’ देउवालाई उद्धृत गर्दै एक नेताले भने, ‘हामी महाभियोगको पक्षमा छैनौं, अरूले लगाए भने थाहा छैन।’

न्यायालयमा बढ्दै गएको गुटबन्दीले शासन व्यवस्थामाथि नै चुनौती खडा गर्नसक्ने भन्दै बैठकमा सहभागी नेताहरूले चासो र चिन्ता व्यक्त गरेका थिए।

न्यायालयमाअहिले देखिएको विवादमाथि विभिन्न कोणबाट धारणा राखेका कांग्रेस नेताहरूले ललिता निवास प्रकरणमा मुछिएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा पनि अहिले जोडिएर आएको धारणा राखेका थिए।

पार्टी सहमहामन्त्री सुनिल थापासहितका केही नेताले विवादमा संसद् र नेपाली सेनालाई समेत तान्ने प्रयास भइरहेको धारणा राखेका थिए। बैठकमा निर्वाचन समितिमा रहेका अधिवक्ताले पनि अहिले अदालतमा चलिरहेका विवादका विषयमा आफ्ना धारणा राखेका थिए।

बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने स्पष्ट पारे। न्यायालयमा असहज परिस्थिति बनेकाप्रति चिन्ता व्यक्त गर्दै पौडेलले भने, ‘प्रधानन्यायाधीशको बारेमा हामीलाई चिन्ता छ, न्यायालयमा असहज परिस्थिति बनेको छ, न्यायालयको आन्तरिक मामिलामा ज्यादै कमेन्ट त गर्दैनौं, हस्तक्षेप गर्न चाहेको होइन।’-नगरिक

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu