Connect with us
Kapilvast Forest

शिक्षक नियुक्तीमा घुस मागेका प्रअलाई स्पष्टिकरण

२०७८, ११ कार्तिक बिहीबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको बिजयनगर गाउँपालिकाले एक विद्यालय प्रअलाई स्पष्टिकरण सोधेको छ । गाउँपालिका वडा ३ जगदिशपुरमा रहेको भुवनेश्वरी माविका प्रअ मुनिजर हसनलाई जवाफ सहित उपस्थित हुन निर्देशन दिएको गाउँपालिकाका प्रमुख प्रशाकिय अधिकृत गोविन्द भट्टराईले बताउनुभयो ।
विद्यालय ल्याब असिस्टेन्ट (प्राथमिक तह स्तरको शिक्षक)को परिक्षामा पास गरिदिने भन्दै आर्थिक लेनदेन भएको भन्ने समाचार संचार माध्यममा विषय के हो ? सत्य तथ्य लिखित सहित कार्तिक १२ गते विहान ११ बजे उपस्थित हुन भन्दै पत्र पठाइएको छ ।

उक्त विद्यालयका शिक्षक लडाई प्रसाद चौधरीका छोरा विवेक चौधरीलाई ल्याब असिस्टेन्ट पदमा नियुक्तिको लागि प्रधानाध्यापक मुनिजर हसनले ७ लाख घुस मागेको आरोप लागेको छ । ६ लाख रुपैँया नगद र १ लाख तलव बाट दिने गरि सहमति भएको चौधरीले बताए ।

घुस दिए पछि हसनले विद्यालयलाई ४ लाख चन्दा दिनु पर्ने भन्दै चौधरीलाई विद्यालय व्यवस्थापन समिति सँग भेट गर्न पठाएका थिए । व्यवस्थापन समितिले विद्यालयलाई ४ लाख चन्दा दिन आग्रह गरे पछि लडाइ छोरालाई जागिर खानबाट पछाडि हटेका थिए । घुस र चन्दा दिनुपर्ने भएपछि शिक्षक लडाइले घुस बापतको ६ लाख फिर्ता मागेका थिए । ११ लाख दिन नसक्ने र यो विवादमा आफू पर्न नचाहेको भन्दै छोरालाई परीक्षाको लागि नपठाएको उनको भनाई छ । आफू पनि त्यही विद्यालयमा पढाउने र छोरालाई पनि जागिर मिल्ने भएपछि उक्त रकम दिएको चौधरीको भनाई छ ।

विद्यालयका प्रअ हसनले आफुलाई फसाउन खोजेको बताए । ‘ म माथि लगाइएको आरोप समेत झुटो हो, हसनले भने ‘मैले रकम लिएको प्रमाणित भएमा शिक्षा पेशा वाटै राजिनामा दिन तयार छु, ।

‘प्रअलाई घुस दिनका लागि शिवराज नगरपालिका पकडी घर भएका चिन्के प्रधान सँगै घर पुगेको थिए । उनलाई देखे पछि एक्लै आउन भनेका थिए । कार्तिक ८ गते माछापुच्छ्रे बैक चन्द्रौटा शाखाबाट चेक मार्फत निकालिएको ६ लाख ३० हजार मध्ये ३० हजार घर खर्च राखी बाकी प्रअ हसनलाई बुझाएको थिए ’ शिक्षक लडाइले बताए । रकम लिएको पुष्टि भएमा प्रअलाई कानुन अनुसार कारबाही गरिने गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu