Connect with us
Kapilvast Forest

हिमपहिरोमा परी मुगुमा एकको मृत्यु

२०७८, ११ कार्तिक बिहीबारमा प्रकाशित

death

सुर्खेत-मुगुमा एक जनाको हिमपहिरोमा परी मृत्यु भएको छ।कात्तिक पहिलो साता बेमौसमी वर्षा भएको समयमा मुगमकार्मारोङ गाउँपालिकामा पर्ने लेकमा आएको हिमपहिरोमा परी कार्मारोङ गाउँपालिका–४ कार्ती गाउँका ३३ वर्षीय छिरिङ लामाको मृत्यु भएको हो।

कात्तिक २ गतेदेखि हिमपहिरोमा परी बेपत्ता भएका लामाको खोजी गर्ने क्रममा बिहीबार शव फेला परेको हो।त्योबेला चौंरी खोज्न उनीसहित गाउँका ७ जना लेक गएका थिए।

‘उनीहरू त्यहाँ जाँदा अकस्मात वर्षा भयो, हिमपहिरो आएपछि आत्तिएर भागेका रहेछन्,’ जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले भन्नु भयो , ‘पहिरो आउँदा अरु भाग्न सकेछन्, एक जना पुरिएका रहेछन्।’

 

उहाँका अनुसार सोही टोलीका एक जनालाई भने आधा पुरिएको अवस्थामा साथीहरूले निकालेका थिए।लेकबाट फर्किएकाले प्रहरीलाई खबर गरेपछि उनको खोजी गरिएको डिएसपी भट्टराईले बताए।

हाई अल्टिच्युड भएको लेकमा सुरक्षाकर्मी जान नसकेपछि हेलिकप्टरबाट खोजी गरिएको हो। सुर्खेतबाट गएको नेपाली सेनाको हेलिकप्टरमा मुगुबाट नेपाली सेना र प्रहरी खोजीमा गएको थियो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu