छैठौ मणिमुकुन्द कप अन्तर विद्यालय स्तरिय भलिवल प्रतियोगिता हुने
बुटवल, १८ भदौ । मणिमुकुन्द भलिवल क्वलको आयोजनामा छैठौ मणिमुकुन्द कप अन्तर विद्यालय स्तरिय छात्र छात्रा भलिवल प्रतियोगिता हुने भएको छ ।
आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको छ । भदौ २० गते देखि २३ गते सम्म हुने प्रतियोगितामा कुल ५० टिमको सहभागिता हुने क्वलका अध्यक्ष मिलन रानाले जानाकारी दिए ।
तिलोत्तमा २ स्थित मणिमुकुन्द भलिवल क्वलको प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा कक्षा १० सम्मका मात्र विद्यार्थीले भाग लिन पाउनेछन । १ लाख ५० हजार खर्च अनुमान गरिएको प्रतियोगितामा प्रथम हुने छात्र÷छात्राले नगद १२ हजार ५ सय द्धितियले नगद ७ हजार र तृतियले नगद ५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
विद्यालय स्तर बाटै भलिवल खेलाडि उत्पादन गर्ने उद्देश्यले क्वलले प्रत्येक बर्ष अन्तरविद्यालय भलिवल प्रतियोगिता गर्दै आएको अध्यक्ष रानाले बताए । पाँचौ अन्तर विद्यालय भलिबल प्रतियोगितामा छात्र÷छात्रा दुवै तर्फ सिद्धार्थ बाडिङले उपाधि उचालेको थियो ।कार्यक्रममा बोल्दै क्वलका बरिष्ठ सल्लाहकार टुक बहादुर क्षेत्रीले विद्यालय तहमा खेलाडि उत्पादन गर्न क्वलले महत्वपुर्ण भुमिका खेलेको बताए । कार्यक्रम क्वलका सचिव मेघराज भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।