Connect with us
Kapilvast Forest

जावलाखेलमा ढकमक्क फूल (फोटो फिचर)

२०७८, १२ कार्तिक शुक्रबारमा प्रकाशित

unn.prixa.net

काठमाडौँ,- ढकमक्क फुलेका फूलले कसलाई नलोभ्याउला ? ढकमक्क फुलेका फूलले आँखालाई आनन्द दिन्छ भने मनलाई शान्ति । अहिले ललितपुरको जावलाखेलमा ओहोरदोहोर गर्नेहरु पनि ढकमक्क फुलेका फूल देखेर एकैछिन टक्क अडिएर फूल हेर्छन्, सुम्सुम्याउँछन् र फोटो खिच्छन् ।

शुक्रवारदेखि सुरु भएको पुष्प प्रदर्शनीले जावलाखेलको खेल मैदानलाई ढकमक्क ढाकेको छ । प्रदर्शनीमा राखिएका फूलले अवलोकनकर्तालाई आकर्षित गरेको छ । अबको चार दिनसम्म जावलाखेलको खेल मैदानमा यस्तै ढकमक्क फुलेका सयपत्री, गोदावरीलगायत फूल हेर्न र किन्न पाइन्छ ।

तिहार नजिकिएसँगै फूलको प्रवर्द्धन गर्ने उद्देश्यले जावलाखेलमा पुष्प प्रदर्शनी सुरु भएको हो । दीपावली, नेपाल संवत्, छठलगायत पर्वलाई लक्षित गरी फ्लोरिकल्चर एसाेसिएशन नेपालले आजदेखि सोमवारसम्म ‘१४ औँ गोदावरी पुष्प प्रदर्शनी’ सुरु गरेको हो ।

 

पुष्प प्रदर्शनीमा ४८ स्टल छन् । प्रदर्शनीमा सहभागी नर्सरी व्यवसायीलाई प्रतिस्पर्धा गराइ उत्कृष्टलाई पुरस्कृत गरिने छ । झण्डै ३५ हजारभन्दा धेरैले अवलोकन गर्ने अनुमान गरिएको प्रदर्शनीमा ५० लाख रूपैयाँकाे कारोबार हुने आयोजकको अपेक्षा छ । प्रदर्शनीमा स्वदेशमा व्यावसायिक उत्पादन हुँदै आएका विविध जातका गोदावरी फूलका बिरुवाको बिक्री समेत गरिनेछ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu