Connect with us
Kapilvast Forest

फागुन १४ गतेभित्र स्ववियु चुनाव गर्न अनेरास्ववियूको माग

२०७८, १५ कार्तिक सोमबारमा प्रकाशित

 

काठमाडौँ-नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले आउँदो फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने गरी कार्यतालिका ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ ।

अनेरास्ववियु अध्यक्ष सुनिता बरालसहितको टोलीले उपकुलपति डा. धर्मकान्त बाँस्कोटालाई भेट गरी स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गरेको हो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाउँदै तत्काल स्वावियु निर्वाचन तालिका माग गरिएको अनेरास्वावियुकी अध्यक्ष सुनिता बरालले जानकारी दिनु भयो ।

त्यस्तै अखिलले चिकित्सा शास्त्र अध्ययन सस्थान महराजगंजले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी लिने गरी गरेको निर्णय फिर्ता गर्न पनि माग गरेको छ ।

‘त्रिभूवन विश्व विद्यालयले अध्यापन गराउने सबै प्राविधिक शिक्षा सातवटै प्रदेशमा तत्कालै अनिवार्य सञ्चालन गरियोस्’, ज्ञापन पत्रमा भनिएको छ, ‘सक्षम प्राध्यापकबिना स्तरीय पठनपाठन र अनुसन्धान हुन नसक्ने भएकोले प्रतिस्पर्धाबाट छनोट गर्ने एक मात्र पद्धती अबलम्बन गरियोस् ।’ विश्वविद्यालयको शैक्षिक क्यालेन्डर अनुसारको शैक्षिक सत्र आरम्भ, परीक्षा सञ्चालन र नतिजा प्रकाशन समयमै गर्न पनि अखिलले माग गरेको छ

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu