Connect with us
Kapilvast Forest

ओली आज चितवन जाँदै

२०७८, १५ कार्तिक सोमबारमा प्रकाशित

काठमाडौं-नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदै हुनुन्छ । अध्यक्ष ओली चितवनमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन स्थलमार्ग हुँदै त्यसतर्फ जाने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ।

ओलीले नारायणगढ(मुग्लिन सडक खण्ड अन्तर्गत दासढुंगाको मदन(आश्रित पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ।

अध्यक्ष ओलीले नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटन स्थल नारायणगढको नारायणी नदी किनार अवलोकन गर्ने कार्यक्रम समेत रहेको नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जानकारी दिइन्। ओलीले नेकपा एमाले भरतपुर महानगर कमिटीको अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ।

सोमबार दिउँसो साढे तीन बजे भरतपुर(१० मदननगरस्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा १०औँ राष्ट्रिय महाधिवेशनको सम्पर्क कार्यालय उद्घाटन गरेर सौराहा जाने कार्यक्रम तय गरिएको छ। उनले महाधिवेशनको बन्दसत्र हुने स्थान सौराहामा सोमबार साँझ अवलोकन गर्ने कार्यक्रम छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu