Connect with us
Kapilvast Forest

मुख्यमन्त्री पाण्डेले कात्तिक २२ गते विश्वासको मत लिने

२०७८, १५ कार्तिक सोमबारमा प्रकाशित

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आगामी कात्तिक २२ गते संसदबाट विश्वासको मत लिनुहुने भएको छ । कात्तिक ११ गते मुख्यमन्त्रीको रुपमा नियुक्त भएका पाण्डेले २२ गते विश्वासको मत लिन लाग्नु भएको हो ।

पाण्ड गठबन्धनको तर्फबाट ५९ जना सांसदको समर्थनमा प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा नियुक्त हुन भएको हो । मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ।

विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट आइतबार मात्र पत्र प्राप्त भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यको भनाई छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा (एकीकृत समाजवादी)को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सरकारको नेतृत्व गरेको ३० दिन भित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। पाण्डे मुख्यमन्त्रीमा नियुक्त भए पनि उनको सरकारले पूर्णता पाउन सकेको छैन। मन्त्रालयको भागबण्डामा दलहरुबीच कुरा मिल्न सकेको छैन।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu