शिवराजमा शुभकामना आदान प्रदान: ६३ जना एमालेमा प्रवेश
न्युज सेन्टर नेपाल, कपिलवस्तु-नेकपा एमाले शिवराज नगरपालिका वडा नं ३ को अयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपालीहरुको महान चाड शुभ दिपावलि तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम भएको हो ।
आज शिवराज वडा न ३ मा भएकोे शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा नेपाली काँग्रेस ईकाई उपसभापति रेगमान गीरी सहित विभिन्न पार्टी परित्याग गर्दै ६३ जना नेकपा एमाले प्रवेश गरेका छन ।
नेपाल कम्युनिष्ट पार्टि एमाले वडा कमिटिले राखेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा प्रमुख अतिथी झविलाल पोख्रेलले नव प्रवेसिहरुलाई स्वागत गर्नु भएको थियो ।शुभकामना आदाप्रदा तथा चयापान कार्यक्रममा बोल्दै ने का एमाले कपिलवस्तु जिल्ला अध्यक्ष झविलाल पोख्रेलले संस्कृति र परमपरा सबैको साझा पर्व रहेको बताउनु भयो ।
कार्यक्रममा शुभकामना आदान प्रदान गर्दै नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले नेपालीहरुका महान चाडको शुभकामना ब्यक्त गर्दै आगामी निर्वाचनमा पनि एमालेलाइ पहिलो पार्टी हुन बाट कसैले रोक्न नसक्ने बताउनु भयो । त्यस्तै शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला सचिवालय सदस्य अर्जुन कुमार केसिले एमालेले हरेक नागरीक माझ पुगेर अगाडि बढेको बताउनु भयो ।
पार्टीका सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई पार्टी प्रति वपदार भएर पार्टी बजबुद बनाउन लाग्नु पर्ने बताउनु भयो ।शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै शिवराज गरपाकिा वडा न ३ का वडा अध्यक्ष टेकला सापकोटाले जनताको मन जितेर काम गर्न आवश्यक रहेको बताउनु भयो ।विकाशका काम गदा मनमुटाब नभएर एकता बद्ध भएर काम गर्नु पर्ने बतानु भयो ।
एमाले शिवराज वडा न ३ वडा कमिटी अध्यक्ष हिरा भण्डारीकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य शिवकुमारी चौधरी, एमाले शिवराज नगर कमिटी अध्यक्ष जगत पौडेल ,उपाध्यक्ष महादेव पोख्रेल लगायत एमालेका जिल्ला ,नगर तथा वडाका नेता तथा कार्यक्रर्ताको उल्लेखनीय उपस्थिती रहेको थियो ।