Connect with us
Kapilvast Forest

तिहारमा लोडसेडिङ नहुने

२०७८, १६ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले तिहारको समयमा लोडसेडिङ अथवा बत्ती काट्नुपर्ने अवस्था नआउने जनाएको छ ।प्राधिकरणले यो वर्ष तिहारको लक्ष्मी पूजाको दिन विद्युतको उच्च माग १५ सय मेगावाट हाराहारीमा रहने प्रक्षेपण गर्दै लोडसेडिङ अथवा बत्ती काट्नुपर्ने अवस्था नआउने जनाएको जनाएको हो । मंगलबार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा जति उपकरण चलाए पनि समस्या नहुने बताउनु भयो ।

लक्ष्मी पूजाको दिन बढी विद्युत खपत हुने उद्योग धन्दा, कलकारखाना बन्द हुने हुँदा कुलेखानी जलाशयलाई भार नदिइकनै उच्च माग व्यवस्थापन गर्न सकिने उहाँले बताउनु भयो । उहाँले अहिले प्रसारण प्रणालीमा जडित क्षमता २ हजार मेगावाटमाथि रहेको र आन्तरिक उत्पादनले नै माग व्यवस्थापन गर्न सकिने जनाउनु भयो ।

उहाँले अहिले मिटरको सामान, ट्रान्फरमर, तार लगाएतका बस्तुको अभाव भएका कारण थप विद्युतीकरणका साथै मागेकै समयमा मिटर उपलव्ध गराउन नसकिएको बताउनु भयो ।

त्यस्तै उहाँले वितरण प्रणालीको सुधारका लागि चाँडै ३ हजार नयाँ ट्रान्सफर्मर खरिद गर्न लागिएको जानकारी दिनु भयो । प्राधिकरणले दुधकोशीलाई अघि बढाइसकेको, अपर अरुण पनि अघि बढाउने लगायतका आयोजना बढाउने क्रममा रहेको उनले जानकारी दिनु भयो ।

उहाँले विद्युतको हिउँदको माग व्यवस्थापन गर्न जलाशय र अर्धजलाशय जलविद्युत आयोजनाको सन्तुलन मिलाउन आवश्यक रहेको र प्राधिकरण त्यसैमा केन्द्रीत रहेको पनि धारणा राख्नु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu