स्रोत नखुलेको ५ लाख ५० हजार नगद सहित एक पक्राउ
पर्सा-वीरगंज महानगरपालिका १६ शंकरचार्य गेटबाट स्रोत नखुलेको नगद ५ लाख ५० हजार रुपैयाँ सहित सोही महानगरपालिका ३१ कोनिया टोल बस्ने २४ वर्षीय अनिल साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको ना.४० प ४३०२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अनिलको झोलाभित्र उक्त नगद फेला पारी उनलाई पक्राउ गरेको हो।