Connect with us
Kapilvast Forest

अनुसन्धानमा जम्बो’,अब्बल !

२०७८, १७ कार्तिक बुधबारमा प्रकाशित

काठमाडाैं- गत असोज १७ गते बिहान सल्यानको बाघचौर नगरपालिका– २ गौरीकी रामकली खत्रीको हत्या भयो । हत्यापछि प्रहरीले अनुसन्धान शुरू गर्‍यो, तर हत्यारा पत्ता लगाउन कठिन भयो ।

 

त्यसपछि प्रहरीले कर्णाली प्रदेश प्रहरी कार्यालय केनाइन शाखामा खटेको जर्मन सेफर्ड जातको ‘जम्बो’ नामको कुकुरलाई अपराध अनुसन्धानमा खटायो ।प्रहरीले घटनास्थलमा हत्या गर्न प्रयोग गरिएको इँट्टाको टुक्रा र लोहोरो फेला पारेको थियो । त्यसैका आधारमा प्रहरीले हत्याराको खोजी गर्न ‘जम्बो’लाई खटायो ।

उसले घटनामा भएका प्रमाणहरूलाई सुँघेर अघि बढ्दै जाँदा घटनास्थलभन्दा २ किलोमिटर पर सडक खन्ने जेसीभीमा गएर रोकियो । उसको संकेत हत्यारा जेसीभीका चालक वा सहचालक भएको हुन सक्ने थियो । प्रहरीले त्यसैका आधारमा दुवै जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा हत्यारा उनीहरू नै भएको प्रमाणित भयो ।

२०७७ मंसिर २७ गते कपिलवस्तुको शिवराज नगरपालिका–५ घर भएका मकबुल मियाको घरमा कोठा लिएर बस्ने ५९ वर्षीया सुशीला खड्काको हत्या भयो । प्रहरीले प्राविधिक र भौतिक अनुसन्धान गर्दा पनि हत्यारा पत्ता लगाउन कठिन भएको थियो । त्यसपछि अनुसन्धानमा ‘जम्बो’लाई खटाइयो ।

उसले घटनास्थलमा भएका सबुत प्रमाणहरूलाई सुँघेपछि मृतकको भतिजो पर्ने २३ वर्षको तोरणबहादुर खड्कालाई संकेत गर्‍यो ।ती व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्दा हत्यारा पुष्टि भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu