Connect with us
Kapilvast Forest

सानिमा बैंकको अध्यक्षमा तुक प्रसाद पौडेल नियुक्त

२०७८, १७ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौं – सानिमा बैंक लिमिटेडको संचालक समितिको अध्यक्ष पदमा तुक प्रसाद पौडेल नियुक्त हुनु भएको छ । बैंकको संचालक समितिको बैठकले वहाँलाई संचालक समितिको अध्यक्ष पदमा चयन गरेको छ ।

बैंकको नवनियुक्त अध्यक्ष तुक प्रसाद पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी समक्ष आफ्नो ओहोदाको सपथ ग्रहण गर्नु भएको छ । पौडेल यस अघि पनि बैंकको संस्थापक समूहको तर्फबाट विगत ८ वर्षदेखि निरन्तर रुपमा संचालक रही कार्य गरिसक्नु भएको छ ।

नर्वेबाट हाइड्रोपावर डेभलोप्मेन्टमा स्नातकोत्तर गरेका पौडेल पेशाले हाइड्रोपावर र हाइड्रोलिक इन्जिनियर हुनुन्छ भने देशभित्र हाइड्रो विज्ञका रुपमा परिचित हुनुन्छ । विगत २४ वर्षको पेशागत अनुभव संगालेका पौडेलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा उच्चस्तरको तालिममा सहभागी भइसक्नु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu