प्रतिक्रियावादीहरु प्रचण्ड र माओवादी सिध्याउने अभियानमा छन्’
‘काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी माओवादीलाई कमजोर नपारेसम्म देशले सुख नपाउने भन्दै लागिपरेको दाबी गर्नु भएको छ । बिहीबार बिहान ललितपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले माओवादी बिना जनताले सुख नपाउने भएकाले माओवादी बलियो हुनुपर्ने आफूहरुले चाहेको बताउनु भएको छ ।
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिगामी र प्रतिक्रान्तिकारीहरु प्रचण्ड सिद्धाउने अभियानमा लागेको स्पष्ट पारे। उनले भने ‘प्रतिगामीहरु टाग्रेट चाहिँ फेरि माओवादी केन्द्र सिध्याउन, प्रचण्ड सिध्याउने अभियानमा छन्, उनीहरुको उद्देश्य अरु छैन । ’ प्रचण्डले भन्नु भयो ‘अनौठो लाग्न सक्छ, अन्तर्राष्ट्रिय प्रतिक्रियावादी, राष्ट्रिय प्रतिक्रियावादी पनि सबै मिलेर प्रचण्ड हराउने अभियानमा छन्।’
उहाँले व्यक्तिगत रुपमा हारजितसँग कुनै सरोकार नभएकाले नेपाली जनता र राष्ट्रले जित्नुपर्ने बताउनुु भयो । प्रचण्डले जनताका अगाडि प्रतिगमनकारी पराजित हुने स्पष्ट पार्नु भयो ।
उहाँले देशभरी माओवादीका संगठनले गति दिन थालेको बताउनु भयो । उहाँले जनतामा उभार आउन थालेकाले प्रतिक्रियावादी भित्रभित्र आत्तिन थालेको बताउनु भयो । उहाँले नयाँ संकल्प र एकतासहित अगाडि बढ्दा आउने चुनावमा माओवादी देशको नेतृत्व लिने ठाउँमा पुग्ने बताउनु भयो ।