Connect with us
Kapilvast Forest

हैजाविरुद्धको खोप लगाउने सरकारको तयारी

२०७८, १९ कार्तिक शुक्रबारमा प्रकाशित

 

 

काठमाडौं – सरकारले नेपालमा हैजाविरुद्धको खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ लाख ५२ हजार ३६३ डोज खोप आउने निश्चित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले हैजा नियन्त्रणमा सहयोग गरिरहेको विश्व स्वास्थ्य संगठनको सचिवालयले खोप दिने आश्वासन दिएको बताउनु भयो ।

डा. पौडेलका अनुसार ग्लोबल स्टक पाइलमा रहने हैजाको खोप ‘ओरल कोलेरा भ्याक्सिन’ प्राप्तिका लागि गरेको प्रयास सफल भएको छ । सो खोप हैजाको प्रकोप देखिएका र सफा खानेपानी तथा सरसफाइको स्थिति कमजोर रहेका अति जोखिमयुक्त क्षेत्रहरु निर्धारण गरेर उपलब्ध गराइने तयारी छ। खोप एकपटक लगाएपछि पाँच वर्षसम्म सुरक्षित रहने अध्ययनले देखाएको छ ।

कपिलवस्तुमा फैलिएको हैजा तथा झाडापखाला नियन्त्रणमा समस्या परेपछि सरकारले खोपका लागि अन्तर्राष्ट्रिय निकायसँग पहल थालेको थियो । कपिलवस्तुमा गत १८ असोजदेखि फैलिएको झाडापखालाबाट हालसम्म ६ जनाको मृत्यु भइसकेको छ ।

एकपटक खोप लगाए पाँच वर्षसम्म हैजाबाट सुरक्षित रहन सकिन्छ । हैजाका मुख्य लक्षणमा ठूलो मात्रामा पानी जस्तै पातलो पखाला लाग्नु तथा बान्ता हुनु हो । प्रायजसो हैजाको लक्षण शरीरमा ब्याक्टेरिया छिरेको आधा दिनदेखि पाँच दिनभित्र देखा पर्छन् । हैजा पानीजन्य सरुवा रोग हो र यो दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा सर्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हैजा गम्भीर खालको झाडापखाला हो । समयमा उपचार गरिएन भने पीडित व्यक्तिको मृत्यु केही घण्टामै हुनसक्छ । अनुसन्धानकर्ताहरूका अनुसार विश्वभरि बर्सेनि १३ लाख देखि ४० लाख मानिस हैजाबाट प्रभावित हुने गरेका छन्। हैजाका कारण संसारभरि बर्सेनि २१,००० देखि १,४३,००० मानिसको मृत्यु हुने आँकलन गरिएको छ ।

हैजा भएका ८० प्रतिशत बिरामीको जीवनजल प्रयोग गरेर सफलतापूर्वक उपचा गर्न सकिन्छ। गम्भीर खालको हैजा लाग्दा तत्काल एन्टिबायोटिक र नसाबाट सलाइन दिएर उपचार गर्नुपर्छ । भिब्रिओ कोलरी नाम गरेको ब्याक्टेरियाका कारण यो रोग लाग्छ । अरू पानीजन्य रोगमा जस्तै हैजा रोकथाम गर्न सुरक्षित पानी तथा सरसफाइ महत्त्वपूर्ण हुन्छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu