एमसिसी पारित गर्ने भनेर देउवासँगै आफूले पत्र पठाएको छैन: प्रचण्ड
काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीबारे प्रधानमन्त्री शेरबहादुर देउवाले बोलेको विषयमा गलत बुझाइ हुनपुगेको बताउनु भएको छ ।
इन्द्रेणी देउसी भैलो समूहसँग कुरा गर्दै उहाँले एमसिसी पारित गर्ने भनेर प्रधानमन्त्री देउवा र आफूले पत्र नपठाएको स्पष्ट पार्नु भयो ।
सबै दलसँग छलफल नगरी, राष्ट्रिय सहमति नबनाई पारित गर्न नसकिने भएकोले त्यसको लागि समय चाहिने ब्यहोराको पत्र पठाएकोले भ्रममा नपर्न प्रचण्डले आग्रह गर्नु भयो ।
देउवा प्रधानमन्त्री र आफ्नो पार्टी पनि सरकारमा हुँदा भएको सुरुको सहमतिमा अमेरिकाले अनुदान सहयोग दिने र नेपालले लिएर विकास गर्ने भन्ने मात्रै भएको प्रचण्डले स्पष्ट पार्नु भयो ।
पछि भएको सम्झौतामा संसदमा लगेर ऐन सरह हुनेगरी पारित गर्ने कुरा थपिएर आएपछि आशंकाहरू बढेको प्रचण्डको भनाइ छ। आशंकाहरूको सम्बोधन नगरेर एमसिसी पास नहुने प्रचण्डले बताउनु भयो।