Connect with us
Kapilvast Forest

ललितपुरमा आगलागीपछि ग्यास पड्किँदा एकै परिवारका ४ जनाको मृत्यु

२०७८, २० कार्तिक शनिबारमा प्रकाशित

 

 

ललितपुर — ललितपुरको पाटन मंगलबजार नजिक चक्रबहीको एक घरमा आगलागी भइ खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा एकै परिवारका चार जनाको निधन भएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार मृत्यु हुनेमा घरधनी लक्ष्मीकृष्ण ताम्राकार, छोरी अन्जना, बुहारी रन्जना र नाती निर्जल छन् ।

दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूको पाटन अस्पतालमा उपचार भइरहेको छ । करिब साढे ६ बजे म्ह पूजा गर्नेक्रममा घटना भएको थियो ।

 

चार तले घरको तेस्रो तलामा बालेको दियोले पर्दामा छोएर आगलागी सुरु भएको थियो । तेस्रो तलामा सल्केको आगोको लप्काले चौथो तलामा रहेको भन्साकोठामा पुग्यो । त्यसपछि भान्सा कोठामा रहेको ग्यास पड्किएको थियो । चौथो तलामा ११ जना म्ह पूजा गर्दै थिए । ग्यास पड्किएपछि चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu