Connect with us
Kapilvast Forest

अमेरिकामा साङ्गीतिक महोत्सवमा भागाभाग ,कम्तीमा ८ जनाको ज्यान गयो, ३०० घाइते

२०७८, २० कार्तिक शनिबारमा प्रकाशित

काठमाडौं – अमेरिकाको टेक्सास राज्यको ह्युस्टन सहरमा आयोजित साङ्गीतिक महोत्सवमा भागाभाग हुँदा कम्तीमा आठ जनाको ज्यान गएको छ ।

ट्राभिस स्कटको एस्ट्रोवर्ल्ड महोत्सवमा भिड मञ्चको अगाडि जान खोज्दा भागभाग मच्चिएको आपत्कालीन सेवाका अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार ११ जना मानिसलाई हृदयाघात भएर अस्पताल लगिएको थियो र आठ जनाको ज्यान गयो । भागाभाग हुँदा झन्डै तीन सय जनालाई चोटपटक लागेर उपचार गरिएको थियो ।

साङ्गीतिक महोत्सवमा झन्डै ५० हजार मानिस उपस्थित भएको अधिकारीहरूले बताएका छन् ।

याे घटना स्थानीय समयअनुसार हिजाे शुक्रवार राति ११ बजेकाे समयमा भएको थियो।

ह्युस्टनका अग्नि नियन्त्रक प्रमुख ​स्यामुएल पेनाले भने, ‘भिड बिस्तारै–बिस्तारै मञ्चतर्फ बढ्न लाग्दा मानिसकाे भिडले मञ्चकाे अघिल्लाे भागलाई थिचेपछि मानिसहरू डराउन थाले ।’

भागाभागमा परि मानिसहरू घाइते भएपछि त्यहाँ उपस्थित अरू मानिस झनै आत्तिएका पेना बताउँछन् ।

ह्युस्टन सहरकै र्‍यापर ट्राभिस स्कटले आफ्ना अगाडि बसेका दर्शकहरूबीच तनाव सिर्जना भएकाे देखेपछि आफ्नो ७५ मिनेट लामो प्रस्तुति अवधिमा धेरै पटक रोकिन पुगेका थिए ।

यस महाेत्सवका आयाेजकले घटनाकाे गम्भीरतालाई हेर्दै कार्यक्रम नै रद्द गरेकाे छ । महोत्सवको दोस्रो र अन्तिम दिन आज शनिवार हुने कार्यक्रम रद्द गरिएको हाे ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu