Connect with us
Kapilvast Forest

एमालेको अध्यक्षमा केपी ओलीको अर्को विकल्प छैन : नेता भट्ट

२०७८, २१ कार्तिक आईतवारमा प्रकाशित

 

काठमाडौँ- नेकपा एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टी एमालेमा अबको महाधिवशेनपछि पनि अध्यक्षमा केपी ओलीको विकल्प नभएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “म पार्टी नेतृत्वमा विवाद देख्दिनँ । उहाँको विकल्प पनि देखेको छैन । कसैले उहाँको विकल्प खोजेजस्तो पनि लाग्दैन । नेतृत्व भनेको विचार हो । केही टुटफुट भए पनि नेतृत्वका कारण एमाले कमजोर भएको छैन । सत्ता भनेको कहिले गुम्छ, कहिले आउँछ ।”

आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम कुरा गर्दै नेता भट्टले उपाध्यक्ष रावलको जेठ २ को बुझाइमै समस्या रहेको बताउनुभयो । उपाध्यक्ष डा. भीम रावल १० बुँदे कार्यान्वयनपछि नै उपाध्यक्ष बन्नुभएको बताउनुभएको छ । सदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयन भइसकेको उहाँको दावी रहेको छ ।

उहाँले भन्नुभयो, “अहिले एमालेमा देखिएको विवाद भीम रावल र मेरो व्यक्तिगत समस्या होइन, जेठ २ को निरन्तरताबारे उहाँले जे बुझ्नुभयो, मुख्य समस्या त्यही हो । १० बुँदे सहमति कार्यान्वयन भएन भनेर कसले भन्न सक्छ रु त्यो कार्यान्वयन भएकाले नै हरेक वडादेखि पालिकासम्मको अधिवेशन भए । अब प्रतिनिधि छनोट हुँदै छ । पार्टीको निर्णय मान्ने, नमान्ने उहाँको कुरा हो । जेठ २ को निरन्तरताका कारण त उहाँ पार्टी उपाध्यक्ष हुनुहुन्छ । उहाँसँग फोनमा कुरा हुन्छ, बैठकमा उहाँ आउनुहुन्न । यसमा केही विवाद छ भने केन्द्रले समाधान गर्ला ।”

एमाले नेकपाकै एकताको निरन्तरता भएकाले पूर्वमाओवादीहरुको व्यवस्थापनमा कुनै समस्या नआउनेउल्लेख गर्दै उहाँले भन्नुभयो,, “हामीलाई नेतृत्व र आमकार्यकर्ताले विश्वास गरेका छन् । त्यसकारण हामीले नेतृत्व नपाउने कुनै कारण छैन । हामी एकीकरणसहितको नयाँ एमाले हो भनेर अघि बढेका छौं । आगामी दिनमा कुनै समस्या होला जस्तो लाग्दैन ।”

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu