नागरिक सरोकार मञ्ज विजयनगरको संयोजकमा बढई चयन
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोपाल बहादु््र थापाले मानव अधिकारलाई शान्ति र विकासको मूल आधारको रुपमा स्वीकार गरेको बताउनुभयो । यस विजयनगर नागरिक सरोकार मञ्चलाई पूर्णरुपमा सहयोग गर्ने बताउनुभयो । गरिब, असहाय, अपाङ्ग, पढाईबाट वञ्चित बालबालिका, सिमान्तकृत समुदाय लगायत सबै क्षेत्रमा उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
संविधान, कानुन र अन्तर्राष्ट्रिय प्रतिवद्धता अनुरुप आम नागरिकलाई मानव अधिकारको पूर्ण प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिनुभयो । अहिले मुलुकमा भएको परिवर्तनको प्रत्यक्ष अनुभूति आम नागरिकलाई दिलाउनु आजको आवश्यकता र समयको माग भएको अध्यक्ष थापाले बताउनुभयो ।

मधेश मानव अधिकार गृह (माहुरी होम) का दिनेश कुमार चौधरीले कार्यक्रमको बारेमा प्रकाश पार्दै पछाडी परेका सिमान्तकृत समुदायलाई सशक्तिकरणमार्फत उत्थान गर्नुपर्ने बताउनुभयो । उहाँले गरिब, अपाङ्ग, असहाय, पिडित, जातीय विभेदमा परेका व्यक्ति, पढाईबाट वञ्चित बालबालिकाहरुको सहयोगका लागि नागरिक मञ्चले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
जनताहरुमा सचेतनाको विकास गर्न विभिन्न औपचारिक तथा अनौपचारिक माध्यमद्वारा सचेतना कार्यक्रम सञ्चालन गरी जनताहरुमा सत्य तथ्यको निर्भयता निष्पक्षताको साथ क्षमताको विकास गर्ने र जनताको सामाजिक सशक्तीकरण गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रम मधेश मानव अधिकार गृह (माहुरी होम) का प्रतिनिधि देवानन्द ठाकु््रको सञ्चालनमा सम्पन्न भएको थियो ।