Connect with us
Kapilvast Forest

ओलीलाई बाबुरामको जवाफ : उडन्ते कुरा गर्न शोभनीय भएन

२०७८, २१ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तथ्यहीन कुरा नगर्न सुझाव दिँदै आफूमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिनु भएको छ । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले जनयुद्धको बेला भट्टराईकी छोरी कसरी बेलायत पढ्न गइन् भनेर प्रश्न उठाएपछि बाबुरामले पूर्व प्रधानमन्त्री जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्न शोभनीय नभएको बताउनु भएको थियो ।

 

भट्टराईले ओलीलाई चुनौती दिँदै लेखेका छन्, ‘ मित्र खड्गप्रसादजी,पूर्व प्रम जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन। हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्ध पूर्व २०४९–५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेला सँगै गएर सँगै फर्केकी हुन् । त्यस यता उनी बेलायत गएको प्रमाणित गर्नोस् न –

 

बाबुरामलाई ओलीको प्रश्न ?कहाँको आम्दानीले छोरीलाई बेलायतमा पढाउनुभयो ?

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu