Connect with us
Kapilvast Forest

तिहारमा १५ करोड बराबरको मालाकाे कारोबार

२०७८, २१ कार्तिक आईतवारमा प्रकाशित

 

काठमाडौं – यस वर्षको तिहारमा १५ करोड बढीको मालाको कारोबार भएको छ। तिहारका लागि १५ करोड २० लाख ७५ हजार रुपैयाँ बराबरको माला बिक्री भएको फ्लोरिकल्चर एशोसिएसनले जनाएको छ।

एशोसिएसनका अनुसार आन्तरिक बजारमा १२ करोड ७० लाख ५० हजार रुपैयाँ बराबरको १८ लाख १५ हजार सयपत्री माला बिक्री भएको छ। त्यसैगरी, १ करोड ६७ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ५ हजार मखमली माला आन्तरिक बजारमा बिक्री भएको छ। भने ५२ लाख ५० हजार रुपैयाँ बराबरको १५ हजार गोदावरी माला आन्तरिक बजारमा बिक्री भएको छ।

सोही अवधिमा नेपालबाट ३० लाख रुपैयाँ बराबरको १ लाख मखमली निर्यात भएको एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए। यो वर्षको तिहारका लागि आवश्यक सयपत्री फूलको बजार मागलाई परिपूर्ति गर्न सातै प्रदेश अन्तर्गत रहेको करिब ३२ जिल्लामा व्यवसायीक सयपत्री फूलको उत्पादन भएको थियो।

प्रदेश नं. २, बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिमाञ्चल प्रदेश अन्तर्गतका तराई तथा केहि मध्य पहाडी जिल्लाहरूमा केहि समय अगाडी आएको अविरल बर्षात र बाढीका कारण सयपत्री फूल खेतीमा असर परेको थियो।

२१ लाख माला खपत

यो वर्षको तिहारमा करिब साढे २१ लाख माला खपत भएको छ। फ्लोरिकल्चर एशोसिएसन नेपालका अनुसार यो वर्षको तिहारमा अनुमानभन्दा बढी माला खपत भएको जनाएको छ।

२१ लाख ३५ हजार मालाको खपत भएको एशोसिएसनले जनाएको छ। गत वर्षको तुलनामा यस वर्ष खपत बढेका एशोसिएसनले जनाएको छ। गतवर्षको तिहारमा कोभिडका कारण करिब १६ लाख मालाको मात्रै कारोबार भएको थियो।

यस बर्षको तिहारमा सयपत्री, मखमली र गोदावरी सहित करिब १८ लाख ६५ लाख मालाको खपत हुने अनुमान गरिएको थियो। तर, यस वर्ष करिब २१ लाख ३५ लाख मालाको कारोबार भएको तथ्याङ्क प्राप्त भएको एशोसिएसनका अध्यक्ष मीन बहादुर तामाङले जानकारी दिए।

एशोसिएसनका अनुसार यो वर्षको तिहारमा सयपत्री फूलको प्रति माला करिब ६० देखि ८० रुपैयाँसम्म र मखमली फूलको प्रति माला ४० देखि ७० रुपैयाँसम्म बजारमा कारोबार भएको छ।

एशोसिएसनले यसअघि यस वर्षको तिहार पर्वको लागि आवश्यक हुने सयपत्री फूलको माला मौसम कारण उत्पादनमा कमी आएकाले करिब बजार हिस्साको ८५ प्रतिशत मात्रै आन्तरिक उत्पादनले परिपूर्ति गर्ने र बाँकी १५ प्रतिशत आयात गरी पुरा गरिनु पर्ने अनुमान गरिएको थियो।

तर, गैर पुष्प व्यवसायीबाट समन्वयबिना नै तिहार सुरु हुनु १५-२० दिन अगावै ठूलो मात्रामा भारतबाट सयपत्री फूलको माला आयात गरी कोल्ड स्टोरमा स्टोरेज गरेको पाइएको छ।

अध्यक्ष तामाङले भने, ‘भारतीय सयपत्रीको मालाले बजार हिस्साको करिब ३० प्रतिशत खपत भएको छ। उक्त माला सस्तो हुँदा नेपाली उत्पादनले बजार नपाएर करिब १५ प्रतिशत सयपत्री फूलको माला फाल्नु पर्‍याे।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu