पानीमा डुबेर २ बालककाे मृत्यु
अछाम । जमेकाे पानीमा डुबेर मंगलसेनमा २ बालककाे मृत्यु भएकाे छ । मंगलसेन नगरपालिका-७ जनालिबण्डालीको भैसले स्थित खोलामा जमेको पानीमा डुबेर २ बालकको मृत्यु भएको हाे ।
मृत्यु हुनेमा ११ बर्षीय ललित बादी र १२ बर्षीय युकेश दमाई रहेका छन् । विद्यालय छुट्टी भएको समयमा टोलका ५/६ जना केटाकेटी शनिबार बिहान बाख्रा चराउन गोठालो गएको बेलामा पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दुवै बालकको सवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन पठाइएको छ ।