Connect with us
Kapilvast Forest

संयुक्त विद्यार्थी संगठनद्वारा आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना

२०७८, २६ कार्तिक शुक्रबारमा प्रकाशित

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै विद्यार्थी संगठनहरुले नेपाल आयल निगमको कार्यालय अगाडि धर्ना दिएका छन् ।मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दवाव दिने उद्देश्यले शुक्रबार बिहान १० बजेबाट विद्यार्थीहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् ।

 

धर्नामा सहभागीहरुले खाना पकाउने ग्यास लगायतका पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिनुपर्ने र नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले राजीनामा दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

धर्नामा सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायत दल सम्बद्ध विद्यार्थी संगठनका नेताहरु सहभागी थिए ।

पेट्रोलियम पदार्थको पछिल्लो पटक मूल्यवृद्धि गरिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियुले पनि सरकारविरुद्ध आन्दोलन गर्दै आएको छ ।

सरकारले पछिल्लो पटक यही कात्तिक २४ गते पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको थियो । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu