एमाले दशौँ महाधिवेशन: कपिलवस्तु क्षेत्र न ३ मा ४ प्रतिनिधिको लागि १३जनाको उम्मेदवारी
कपिलवस्तु
,न्युज सेन्टर नेपाल-नेकपा एमालेको दशौँ महाधिवेशनका लागि कपिलवस्तुको क्षेत्र न ३ मा ४ प्रतिनिधिका लागि १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।आज विहान ८ः०० बजे देखि ११ बजे सम्म प्रतिनिधीको मनोनयन तालिका रहेको थियो । कपिलवस्तु जिल्लाको क्षेत्र नं. ३ का निम्ति ब्यापार संघ चन्द्रौटा तोकेको छ
महाधिवेशन प्रतिनिकिो लागि उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा ४जना प्रतिनिधिका लागि १३ जनाको उम्मेदवारी परेको नेकपा एमाले शिवाज नगर कमिटीका अध्यक्ष जगत पौडेले जानकारी दिनु भयो ।
क्षेत्र नम्बर ३ मा महाधिवेशन प्रतिनिकिो लागि ११ पुरुष र ३ जना महिलासहित १३ जनाको उम्मेदवारी परेको उहाँले जानकारी दिनु भयो ।
महाधिवेशन प्रतिनिकिो लागि अर्जुन कुमार के सी, जगत प्रसाद पौडेल,मेहवाव आलम खाँ, टोपलाल पोख्रेल सिता देवि रेग्मी ( महिला )मोहम्मद मुस्तफा,उपेन्द्रनाथ खनाल सफर मिया ,कमला भुसाल (महिला)राम निवास यादव ,शुशिल कुमार श्रीवास्तवर कृष्ण् प्रसाद भडारले उम्मेदवारी दर्ता गराउनु भएको छ । महिाला तर्फबाट उम्मेवारी दिनु भएकि शकुन्ला भण्डारीले उम्मेवारी फिर्ता लिएसगैं १३ जनाको मनोयन दर्ता भएको निर्वाचन प्रमुख चन्द्र बहादुर खडकाले जानकारी गर्नु भएको छ ।
महाधिवेशन प्रतिनिधिका लागि १३ जनाको उम्मेदवारी आए पनि आन्तरुीक रुपमा भएको सहमति शिवराजवाट २,जना कृष्ण नगरवाट १ जना र विजयनगर वाट १ जना प्रतिनिधि छनौट हुने उहाँले बताउनु भयो ।उहाँले भन्नु भयो , ‘सकेसम्म सर्वसम्मत नसके निर्वाचन प्रक्रियाबाट टुंग्याउनेगरी छलफल जारी छ।’