महासचिव भुषालको प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने एकीकृत समाजवादीको निर्णय
काठमाडौं – शुक्रबार बसेको नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा विभिन्न दल र शक्तिहरूसँग भएको वार्ताबारेको रिपोर्ट प्रस्तुत भएको छ।
बैठकमा महासचिव डा वेदुराम भुषालले रिपोर्ट प्रस्तुत गरेको र रिपोर्ट बारेको प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा लैजाने निर्णय भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनु भयो ।
यस्तै बैठकले कुनैपनि पार्टीको शक्ति, क्षमता र जनाधार, राजनीतिक दृष्टिकोण र महत्वका आधारमा सबैसँग वार्ता गर्ने निर्णय पनि गरेको उहाँले बताउनु भयो ।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले विभिन्न पार्टीबाट आफ्नो पार्टीमा प्रवेशको लागि विभिन्न जिल्लाका नेताहरुसँग छलफल भइरहेको जानकारी गराउनु भएको थियो ।
उहाँले एमाले अध्यक्ष केपी ओलीले षडयन्त्रमूलक तरिकाले झुट र भ्रम फैलाइरहेका भन्दै त्यसविरुद्ध लाग्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिनु भयो ।